

सांगितीक धमाकाको लागी गायक दुर्गेश थापा कुवेत आइपुगे, विमानस्थलमा भब्य स्वागत ।

कुवेत -सांगितीक धमाकाको लागी दुर्गेश थापा कुवेत आइपुगेका छन् ।कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५”को लागी चर्चित लोकपप गायक दुर्गेस थापा आज बिहान २:३० बजे कुवेत आइपुगेका हुन् ।कुवेत अन्तराष्ट्रिय विमानस्थलमा गायक थापा लाई कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका छन् ।
लोकपप गायक दुर्गेश थापा गायक मात्र नभयर उनि मोडल तथा डान्सरमा पनी दक्ष कलाकार हुन् ।कल्याणकारी युवा समाज कुवेतले आयोजना गरेको उक्त सांगीतिक धमाकामा अतिथि गायक दुर्गेश थापाका साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समुहले बताएको छ ।
कुवेतमा कृयासिल संघ-सँस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवाबर्ग साथै कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितका लागी समाजका अध्यक्ष निरज सिंह ठकुरीले अनुरोध समेत गरेका छन् ।
कार्यक्रम :- स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल, जिलिब
मिति : १४ डिसेम्बर २०१८ शुक्रबार
समय : दिनको १२:३० बजे
आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत।
सम्पर्क – 66019540, 55020779
December 13, 2018 8:09 am | प्रवास,फोटो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

