Thursday 19th March 2026

महिला बलात्कारको बदला : महिलाले भिराए जुत्ताको माला

7 years अगाडी

बुटवल – कैलालीमा बलात्कारको प्रयास गरेको आरोपमा महिलाहरुले एक पुरुषलाई सार्बजनिक रुपमा कालो मोसो दलेका छन् । श्रीमान बिदेशमा भएको मौका पारी स्थानीय एक महिलालाई बलात्कारको प्रयास गरेको भन्दै कैलाली गाउँपालिका वडा नम्बर १, मझेरा टोलका टुक्की नाम गरेका कृष्ण चौधरीलाई महिलाहरुले कारवाही गरेका हुन् ।

चौधरीले २३ गते राती स्थानीय २३ वर्षीया सीता (नाम परिवर्तन)लाई बलात्कारको प्रयास गरेको र सीताले सो कुरा बाहिर ल्याएपछि स्थानीय महिलाहरु मिलेर चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् । साथै उनीहरुले पीडितलाई चौधरीले दुई लाख रुपैयाँ हर्जाना तिर्नुपर्ने माग राखेका छन् ।

यस सम्बन्धमा स्थानीयवासी बालकृष्ण चौधरी भन्छन्‘कुरा सत्य हो, कालोमोसो दलेर जुत्ताको माला लगाइएकै हो ।’ घटनाबारे प्रहरी प्रशासनलाई खासै उजुरी जानकारी दिइएको छैन जनस्तरबाटै कारर्वाही गरिएको हो ।

इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले भने, ‘चौकीमा यस विषयमा जानकारी नआएको बताउँदै ‘यस्ता घटना यस भेगमा निकै घट्छन्, गाउँलेले आफै कानुन हातमा लिएर कारवाही गर्ने गर्दछन्’ भने ।उनले घटना बाहिरीएसँगै आफूलाई थप कुरा बुझेर आवश्यक कदम चाल्न आदेश दिएको निरीक्षक पन्थले बताए ।

          December 13, 2018 5:52 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...