भारतीय कमेडियन कपिल शर्माकाे विवाहका तस्बिरहरु सार्वजनिक
भारतीय हास्य कलाकार कपिल शर्माकाे उनकी लामो समय देखिकी प्रेमिका गिन्नी चतरथसँग विवाह सम्पन्न भइसकेकाे छ ।उनीहरुकाे पञ्जाबको जालन्धरमा रहेको होटल क्लब कबानामा डिसेम्बर १२ मा विवाह सम्पन्न भएको हो । विवाहमा कपिल शर्माका आफन्तजन तथा नजिकका साथीहरु उपस्थित थिए । कपिल शर्माले आफ्नो ट्वीटरमार्फत विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।
कपिलले उनको विवाहमा हरियो रंगको शेरवानी लगाएका छन र हातमा तरवार बोकेका छन् । कपिलकी दुलही गिन्नी चतरथले भने रातो रंगको लेहंगा लगाएकी छिन् भने कपिलको पहिरनसँग मिल्ने गहना लगाएकी थिइन् । विवाहमा भारतीय हास्य कलाकार कृष्णा अभिषेक, भारती सिंह, सुमोना चक्रवर्ती, राजीव ठाकुर आदि उपस्थित भएका थिए ।
खबरहरुका अनुसार कपिल शर्माले सुनील ग्रोवरलाई पनि विवाहको निणन्त्रणा दिएका थिए तर सुनील विवाहमा सहभागी भएका थिइनन् । अहिले सामाजिक सञ्जालमा कपिलका शुभचिन्तक तथा बलिउड र टेलिभिजन कलाकारले बधाई तथा शुभकामना दिइरहेका छन् ।
December 13, 2018 6:02 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी