Thursday 12th March 2026

अनमोल केसी अभिनीत फिल्म क्याप्टेनको पहिलो गीत सार्वजनिक(हर्नुहोस् भिडियो)

7 years अगाडी

काठमाडौँ – चर्चित अभिनेता अनमोल केसी अभिनीत फिल्म क्याप्टेनको नयाँ गीत सार्वजनिक भएको छ।फिल्म क्याप्टेनको रहर छ सँगै बोलको गीतमा स्वर अन्जु पन्त र सुगम पोखरेलको रहेको छ।गीतमा सङ्गीत अर्जुन पोखरेल र शब्द दिज्जग धउरालीको रहेको छ।चलचित्रमा नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ।

दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।फिल्मको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।

          December 13, 2018 6:15 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...