अब मानिसको शरीरमा पशुको मुटु प्रत्यारोपण गर्न सकिने वैज्ञानिकको दावी
मंसिर । यसलाई विज्ञानको चमत्कार भन्नुहोस् वा मानिसको बौद्धिक क्षमता तर यो साँचो हो कि अब पशुको अंग मानिसको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ ।अहिले विश्वभरी अंग प्रत्यारोपणलाई लिएर बहस चलिरहँदा विज्ञानको यो नयाँ आविष्कारले अंगप्रत्यारोपणको समस्या सुल्झिएको छ । खबरहरुका अनुसार गम्भीर बिमारीसँग जुझिरहेका मानिहसरुको शरीरमा सुगुँरको मुटु लगाउन सकिने सम्भावना धेरै बढेको छ ।
जर्मनका वैज्ञानिकहरुको यो नयाँ विकासले पूरै विश्वलाई आश्चर्यमा पारेको छ । यी वैज्ञानिकहरुले एकप्रकारको बाँदर बैबुनमाथि यो प्रयोग गरेका थिए । सुँगुरको मुटुको सफल प्रत्यारोपण भएपछि उक्त बैबुन ६ महिनासम्म जीवित रहेको थियो । वैज्ञानिकले यस प्रयोगलाई निकै जटिल भएको बताए ।एउटा पशुको स्वस्थ मुटुलाई अर्कै प्रजातिमा प्रत्यारोपण गर्ने प्रक्रियालाई ‘एक्सोनाट्रान्सप्लान्ट’ भनिन्छ ।
‘नेचर जर्नल’ मा प्रकाशित यस अध्ययनमा यस्तो प्रक्रियाबाट भविष्यमा मानिसलाई पनि नयाँ जीवन दिन सम्भव हुने बताएका छन् ।प्रत्यारोपणका लागि सुँगुरको जीनमा परिवर्तन गरिएको थियो जसको उद्देश्य अर्को प्रजातिको प्रतिरक्षा प्रणालीलाई दबाउनु थियो ।जर्मन हर्ट सेन्टर बर्लिनका चिकित्सक क्रिस्टोफ नोसालाका अनुसार जिन परिवर्तन गरिएका सुँगुरबाट भविष्यमा मुटु रोगको समस्या समाधान गर्न सकिनेछ ।
शोधकर्ताहरुले तीन फरक समूहमा यसको प्रयोग गरेका थिए । पुरा अध्ययनको समयमा १६ वटा बैबुन संलग्न गरिएको थियो । अन्तिम समूहमा उनीहरुले सफल प्रत्यारोपण गरेका थिए ।शोधकर्ताहरुले मुटुलाई अक्सिजन पुर्याउने लामो प्रक्रिया पुरा गरे । यसका लागि उनीहरुले पूरै समय अंगमा रक्त परिसञ्चरण गरे । यसकारण बैबुनको रक्तचाप कम हुँदा पनि प्रत्यारोपित अंगको आकार बढेन । एजेन्सी
December 13, 2018 6:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता