शाहरुखकी छोरी सुहानाको बलिउड डेब्युबारे तस्वीर र भिडियो सार्वजनिक
एजेन्सी, मंसिर । अब बलिउडमा बिस्तारै स्टार किड्सको जमाना आउन सुरु भएको छ । जान्वी र साराले बलिउडका डेब्यु गरिसक्दा, अब पालो बलिउड बादशाह शाहरुख खानकी छारी सुहाना खानको आएको छ । उनी पनि बलिउडको रंगिन शहरभित्र कदम राख्ने हल्लाहरु चलिरहेका छन् ।केही दिन अघि मात्रै सुहानाले आफ्नो स्कूलमा चर्चित रोमियो जूलियट नाटकमा भूमिका निभाएको खबर आएका थिए ।
बलिउडलाइफको खबरअनुसार भर्खरै सुहानाको एउटा भिडियो सार्वजनिक भएको छ जहाँ उनी शूटिङको सेटमा देखिएकी छिन् । केही तस्वीर पनि छन् जसमा उनी प्रोडक्सन टीमको साथमा उभिएको देखिएको छ । यी तस्वीरमा देखिएको दृश्य कुनै अफिसियल शूटभन्दा फरक छैन ।वास्तवमा यो तस्वीर एउटा एक्सरसाइजको हो जहाँ सुहाना आफ्ना साथीहरुसँग देखिएकी छिन् । यो समय उनी शूटिङबारे विचार विमर्श गरिरहेकी छिन् ।
खबरका अनुसार सुहाना बाल्यकालदेखि नै एक्टिङका लागि निकै उत्साहित थिइन् र उनी जोडदार तयारी पनि गरिरहेकी थिइन् । त्यस्तै अर्कोतिर शाहरुखका छोरा आर्यन पनि फिल्ममा देखा पर्नका लागि निकै मेहेनत गरिरहेका छन् ।शाहरुख खानले पनि छोरीको त्यस्तो चाहनाप्रति समर्थन जनाइसकेका छन् । शाहरुख आफैले फिल्म उद्योगलाई सुरक्षित र सफा उद्योग भएको बताएका छन् ।
December 13, 2018 7:26 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग