Friday 19th December 2025

ईशा अम्बानीको विवाह : बुवा मुकेशले गरे यति खर्च, यसरी सजाए विश्वकै महंगो एंटिलिया निवास

7 years अगाडी

एजेन्सी, मंसिर । भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी एक्ली छोरी ईशा अम्बानीको आज १२ डिसेम्बरमा विवाह हुँदैछ । भारतकै व्यापारी अजय पिरामलका छोरा आनन्द पिरामलसँग आज ईशा विवाह बन्धनमा बाँधिदैछिन् । उनको विवाह अम्बानीको मुम्बाईस्थित घर एंटिलियामा सम्पन्न हुँदैछ । आज एंटिलियाको फूल र बत्तीहरुले विराट सजावट भएको छ ।

विवाह अघिका सम्पूर्ण कर्महरु उदयपुरमा सम्पन्न भए । ती समारोहहरुम अमेरिकी प्रथम महिला रहिसकेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टिन पनि विवाहको प्रमुख पाहुना थिइन् । विवाहपछि अम्बानी परिवारले मुम्बाईमा एउटा ग्राण्ड रिसेप्शन दिने बताइएको छ ।

मुकेश अम्बानीले आफ्नी एक्ली छोरी ईशाको विवाहलाई भव्य बनाउन कुनै कमि बाँकी राखेनन् । खबरहरुका अनुसार मुकेशले ईशाको विवाहमा करिब सात सय करोड भारु खर्च गरेका छन् । ईशाको विवाहको एउटा कार्डको मूल्य तीन लाख रुपै‌ंया थियो । विवाहमा दुबै परिवारको तर्फबाट तीन हजार कार्डहरु बाँडीएका थिए ।

अम्बानीको घर एंटिलियालाई विश्वको सबैभन्दा महंगो घर मानिन्छ । २७ तल्लाको यो घरमा तीनवटा हेलिप्याड, थिएटर, नौंवटा लिफ्ट, हजार स्क्वायर फिटमा फैलिएको जिम, धेरैवटा स्वीमिङ पूल, करिब १६० वटा गाडीहरुका लागि पार्किङ सुविधा छ । यो पूरा घरको जिम्मेवारी ६ सय कर्मचारीमा रहेको छ । ईशालाई उनका ससुरा अजय पिरामलले सी फेसिंग बंगला उपहारका रुपमा दिएका छन् । बंगला हिरा थिममा आधारित छ । उक्त आलिशान महलको मूल्य ४५२ करोड रुपयाँ बताइएको छ । यो विवाहलाई भारतको इतिहाँसमै सबैभन्दा महंगो विवाहको मानिएको छ ।

          December 14, 2018 10:44 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...