Thursday 19th March 2026

कांग्रेस महासमिति आजदेखि राजधानीमा सुरु हुँदै

7 years अगाडी

काठमाडौं। नेपाली काग्रेसको सर्वोच्च निकाय महासमिति बैठक शुक्रवार देखि शुरु हुदैछ । विधान संशोधन मुख्य एजेण्डाका साथ शुरु हुन लागेको महासमिति बैठकमा अन्य चारवटा दस्तवेजपनि पेश हुँदैछ। पुस ३ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली शनिवार हुने भएको छ।पहिलो दिन शुक्रबार अपरान्ह पार्टी प्रधान कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ भने शनिबार ११ वजे यगम्बर पार्टी प्यालेस रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ। अढाईघण्टाको उद्घाटन शत्र सक्रिय लगत्तै लगातार पुस ३ गतेसम्म बन्दशत्र सञ्चालन हुनेछ।

बन्द शत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णवहादुर खड्काले विधान संशोधनको प्रस्ताव राख्ने छन् भने अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नेछन्। महासमिति बैठकमा उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज र सह महामन्त्री डा. प्रकाशसरण महतले काग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन पेश गर्नेछन्। पार्टीको आर्थिक प्रतिवेदन भने कोषध्यक्ष सितादेवी यादवले प्रस्तुत गर्नेछिन्।वैठकमा प्रस्तुत हुने ५ वटै दस्तावेजमाथि छलफल गर्न महासमति सदस्यहरुको ७ वटा प्रदेश स्तरीय समूह बनाइने छ। यो समूह बनाइसकेपछि भोलिपल्ट आइतवार देखि लगातार ती दस्तावेजमाथि छलफल हुने छ

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमतिमा १ हजार ६ सय ६० सहभागि हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रबाट (२४०) बाट पाच जनाको दरले १ हजार २ सय महासमिति प्रतिनिधि हुनेछन भने भातृ एवं सुभेच्छुक संघसंस्थाका ९७ जना प्रतिनिधि र जनसम्पर्क समिति बाट पनि ९७ जना प्रतिनिधि सो बैठकमा सहभागि हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति र २६ जना सांसद पनि महासमिति बैठकमा भाग लिदैछन् । केन्द्रीय सदस्यहरु सबै सो बैठकमा उपस्थित हुनेछन्।

          December 14, 2018 11:03 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...