Friday 6th March 2026

यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो ‘२.०

7 years अगाडी

एजेन्सी। अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ रिलीज भएको १५ दिनपछि पनि राम्रो व्यापार गरिरहेको छ। ट्रेड एनालिस्ट तरण शर्माका अनुसार यो फिल्मले दुई हप्तामा १७७ करोडको व्यापार गरेको छ। योसँगै यो फिल्मले सलमान खानको फिल्म रेस–३ लाई पनि पछि पारेको छ। सलमान खानको फिल्मको बक्स अफिल कलेक्शन १६९ करोड थियो।

१५ दिनमा यो फिल्मले ७०० करोड भन्दै धेरैको व्यापार गरेको छ। ट्रेड एनालिस्टका अनुसार २.० यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म भएको छ। निर्देशक शंकरको निर्देशनका बनेको यो फिल्मको बजेट करिव ५४० करोड थियो। फिल्मले आफ्नो लगानी उठाइ सकेको छ।

यो फिल्मले चाँडै अमिर खानको फिल्मलाई पनि पछि पार्ने देखिएको छ। अमिर खानको फिल्म पीकेले विश्वभरमा करिव ७६९ करोड रुपैयाँ कमाएको थियो। यो आँकडा यही हप्ता पूरा हुने अनुमान गरिएको छ।

          December 15, 2018 4:47 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...