Tuesday 25th February 2025

एट्लेटिको मड्रिडको जितमा एन्टोनियो ग्रिजम्यानको दुई गोल

6 years अगाडी

काठमाडौँ, १ पौष । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले रियल भालाडोलिडलाई ३-२ गोलले पराजित गरेको छ ।निकै रोमाञ्चक खेलमा एट्लेटिकोले अग्रता बनाएको थियो ।

उसका लागि खेलको २६ औ मिनेटमा निकोला कालिनिकले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ४५ औ मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिको अग्रता दोब्बर बनाएको थियो ।

तर, दुई गोलले पछि परेको भालाडोडिडले सानदार कमव्याक गर्यो । उसका लागि फर्नानण्डो क्लोराले खेलको ५७ औ मिनेटमा गोल गरे । खेलको ६३ औ मिनेटमा साउल निगुइजले आत्मघाती गोल फर्काए ।

तर, खेलको ८० औ मिनेटमा ग्रिजम्यानले एट्लेटिकोका लागि तेस्रो गोल गरे । यो जितसँगै एट्लेटिकोको १६ खेलमा २९ अंक रहेको भने अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।

          December 16, 2018 9:43 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...