एट्लेटिको मड्रिडको जितमा एन्टोनियो ग्रिजम्यानको दुई गोल
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १ पौष । गएराति भएको स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले रियल भालाडोलिडलाई ३-२ गोलले पराजित गरेको छ ।निकै रोमाञ्चक खेलमा एट्लेटिकोले अग्रता बनाएको थियो ।
उसका लागि खेलको २६ औ मिनेटमा निकोला कालिनिकले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ४५ औ मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिको अग्रता दोब्बर बनाएको थियो ।
तर, दुई गोलले पछि परेको भालाडोडिडले सानदार कमव्याक गर्यो । उसका लागि फर्नानण्डो क्लोराले खेलको ५७ औ मिनेटमा गोल गरे । खेलको ६३ औ मिनेटमा साउल निगुइजले आत्मघाती गोल फर्काए ।
तर, खेलको ८० औ मिनेटमा ग्रिजम्यानले एट्लेटिकोका लागि तेस्रो गोल गरे । यो जितसँगै एट्लेटिकोको १६ खेलमा २९ अंक रहेको भने अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
December 16, 2018 9:43 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...