Thursday 19th March 2026

‘धनी बन्न विदेश जानु पर्दैन, घुुस पनि खानु पर्दैन’

7 years अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताएका छन् । ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनले भने, ‘देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।’

गभर्नर डा नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै अरुलाई जागिर दिने मान्छे बन्नुपर्ने आजको आवश्यकता रहेको बताए । ‘व्यापार भनेको नयाँ अन्वेषण र योजना हो’, उनले भने, ‘व्यापार गर्नेको तीक्ष्ण दिमाग हुन्छ, त्यसैले अब घरबाटै आविष्कारीय र व्यापारिक योजना शुरु गर्नुपर्छ ।’

गभर्नर डा नेपालले मुलुक विभिन्न कानून निर्माणका चरणमा रहेका बेला व्यापार गर्ने वातावरण झन सजिलो रहेको उल्लेख गर्दै सबैभन्दा ठूलो समस्या अर्थशास्त्रको सिद्धान्तलाई नेपालीले बुझ्न नसकेको बताए । ‘अर्थतन्त्रको सूक्ष्म विषयवस्तु समेटिएकाले यो पुस्तकमा पढ्न लायक छ’, उनले भने, ‘घरभित्रै पनि अर्थशास्त्रका विषयमा छलफल जरुरी छ ।’

          December 16, 2018 10:50 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...