हलमा मिश्रित प्रतिकृया पाएको ‘लिलिबिली’ युट्युबको ट्रेन्डिङ नम्बर ३ मा
काठमाडौँ । हलमा मिश्रित प्रतिकृया प्राप्त गरेको ‘लिलिबिली’ हाल आएर युट्युबमा हिट भइरहेको छ । सिनेमा हलमा प्रदर्शन भएको ८ महिना पछी चलचित्र ‘लिलिबिली’ बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत बिहिबार सार्वजनिक भएको थियो ।युट्युबमा सार्वजनिक भएको ३ दिनमा प्रदिप खड्का अभिनित ‘लिलिबिली’ ले युट्युबमा २३ लाख भन्दा बढी भ्युज प्राप्त गरेको छ ।
‘लिलिबिली’ अहिले सम्म २३ लाख भन्दा धेरै पटक हेरिएको छ । चलचित्र अहिले युट्युब ट्रेन्डिङ नम्बर ३ मा रहेको छ ।‘लभ स्टोरी’ जनरामा बनेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिपको अपोजिटमा जसिता गुरुङ रहेकी छिन् । जसिता र प्रदिपको जोडीलाई हलमा जस्तै युट्युबमा हेर्ने दर्शकहरुले पनि निकै रुचाएका छन् ।
चलचित्रमा प्रदिप र जसिताको अलावा अनुप बिक्रम शाही, सविना श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्ब दत्त र रितेस चाम्सको पनि अभिनय रहेको छ ।गत बर्षको चैत्र ३० गतेबाट प्रदर्शन भएको चलचित्रलाई गोबिन्द शाही र सुदिप खड्काले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द रहेको छ भने एलिस कार्कीको संगीत रहेको छ । चलचित्रलाई सुदिप बरालले खिचेका हुन् ।
December 16, 2018 12:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी