रणवीर सिधै मण्डपमा गए र बेहुला बेहुलीको हातमा किस गर्न थाले(फाेटाेफिचर सहित )
एजेन्सी। रणवीर सिंह यतिबेला आफ्नो नयाँ फिल्म सिम्बाको प्रमोशनमा व्यस्त छन्। सोमबार फिल्म प्रमोशनकै क्रममा मुम्बईको फाइभ स्टार होटल जे डब्ल्यू म्यारियटमा पुगेका थिए।
पहिला रणवीर होटल बाहिर पोज दिइरहेका थिए। तर पछि उनले पूल एरियामा फोटो शुट गराउने निर्णय गरे। उनी भित्र पुग्ने वित्तिकै त्यहाँ भइरहेको विवाहमा सहभागीहरु चिच्याउन थाले।
कतिसम्म भने बेहुला बेहुली पनि उनलाई देखेर निकै उत्साहित भए। जब रणवीर फोटोग्राफरलाई पोज दिइरहेका थिए, तब एक पाहुनाले चिच्याउँदै भने–रणवीर यहाँ सिन्धी विवाह हुँदैछ। कृपया यहाँ आउनुस्।’ रणवीरले इसारामार्फत आफू आउने बताए।
फोटोशुटपछि रणवीर विवाहस्थलमा पुगे। उनी बेहुला बेहुली भए ठाउँमा पुगे। उनले बेहुला बेहुलीको हातमा चुम्बन गरे र शुभकामना दिए। रणवीरले आफूहरुलाई विवाहको शुभकामना दिएको भन्दै बेहुला बेहुली निकै खुशी देखिन्थे। उनीहरुले सिम्बा नायकसँग सेल्फी खिचाए। त्यसपछि रणवीर त्यहाँबाट हिँडे।






प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग