Thursday 19th March 2026

पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको निधन

7 years अगाडी

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ। डा. गिरीको मंगलबार विहान आफ्नै निवास बुढानिलकण्ठमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गिरी ९३ वर्षका थिए।कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए।

डा.गिरी राजाले शासन सत्ता हातमा लिएपछि बखत पटक पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भंग गरी पञ्चायती व्यवस्था लागू गरेपछि गिरी फस्र्ट मिनिस्टर हुँदै मन्त्रिपरिषदको उपाध्यक्ष बनाइएका थिए।

पछि गिरी प्रधानमन्त्री पनि बनाइए। यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए। राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन शुरु गरेपछि गिरी पुनः मन्त्रिपरिषदको उपाध्यक्ष बनाइए।

उनी नेपालमा ‘पन्चायत ब्यवस्थाको जननी’ मनिन्छन्। र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति पनि गिरी नै हुन्। उनी लामो समय देखि बिदेशमा बस्दै आएका थिए, नेपालमा माघ १९ गतेको राजनीतिक घटना पछि नेपाल आएका हुन्। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मंगलबार निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिइन्। गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् ।

          December 18, 2018 11:13 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...