

ईपीएल : आज लिग चरणको अन्तिम खेल हुँदै

काठमाडाैं, पुस । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । टियु क्रिकेटमा मैदानमा हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं किङस इलाभेन र विराटनगर वारिवर्सबीच अपरान्ह १२ः४५ मा सुरु हुनेछ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ ।
यसै खेलले क्वालिफायर पुग्ने एक टोली र प्ले अफ पुग्ने एक टोलीको पनि टुंगो लाग्नेछ । अब साविकको विजेता विराटनगर र चितवन टाइगर्समध्ये एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । लगातार पाँच खेल गुमाएको पोखरा भने बाहिरिसकेको छ ।
कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई प्ले अफ पुग्न काठमाडौंविरुद्ध स्पष्ट जित निकाल्नु पर्नेछ । विराटनगर ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ । यता, काठमाडौं भने विराटनगरलाई हराएर क्वालिफायरमा पुग्ने लक्ष्यमा हुनेछ । काठमाडौं ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ
December 18, 2018 11:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

