फिल्म क्षेत्रबाट राजनीतिमा करियर सिफ्ट गरेका यी सफल अभिनेत्री
एजेन्सी, पुस । राजनीति र फिल्म क्षेत्रको सम्बन्ध विश्वले सतहमा नै देख्दै र आभाष गर्दै आएको छ । आज पनि जब नेता चुनाव प्रचार प्रसारका लागि आफ्नो संसदीय क्षेत्रमा जाने गर्छन् तब जनसहभागिता बढाउनका लागि सेलिब्रेटीको साहारा लिने गर्छन् ।रंगिन दुनियाँबाट निस्किएर राजनीतिमा अहम् छवि र भूमिका स्थापित गरेका धेरै उदाहरणहरु विश्वको सामू यत्रतत्र छरिएका छन् । अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन देखि भारतीय चर्चित अभिनेता रजनीकान्त, कमल हसन, राज बबर पनि रंगिन दुनियाँबाट राजनीतिमा स्थापित अनुहारहरु हुन् । पछिल्लो केही दिनअघि बलिउडकी ‘धक धक गर्ल’ माधुरी दिक्षित अब भारतीय जनता पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिने खबर एकाएक आएको थियो । तर पछि माधुरीले त्यस खबरको खण्डन गरेकी थिइन् ।
माधुरी दिक्षितले यी खबरलाई खण्डन गरेता पनि यो भविष्यमा असम्भव भने त्यस्तो केही हुनेछैन । किनभने भारतीय राजनीतिमा धेरै बलिउड अभिनेत्रीहरुको भूमिका अहिले पनि कायम छ । आज हामी तपाईहरुलाई ती केही अभिनेत्रीका बारेमा बताउँदै छौं जसले फिल्म र राजनीतिक करियर दुबैमा एक किसिमको सफलता प्राप्त गरेका छन् ।सबैभन्दा पहिले कुरा गर्दैछौं बलिउडकी ड्रिम गर्ल हेमा मालिनीको । हेमाको शुरुवातदेखि नै भारतीय जनता पार्टी प्रति रुझान थियो र उनले १९९९ मा आफ्नो कोस्टार रहिसकेका अभिनेता विनोद खन्नाका लागि चुनाव प्रचार पनि गरेकी थिइन् । त्यसपछि उनी साल २००३ देखि २००९ सम्म राज्यसभा सदस्य पनि रहिन् । मार्च २०१० मा उनी भाजपाको महासचिव पनि बनिन् । २०१४ मा उनले मथुराबाट लोकसभा चुनाव पनि जितेकी थिइन् ।
जयप्रदा फिल्म संसारमा भर्खरै जमिएकी थिइन् तर लगत्तै उनी फिल्म क्षेत्रबाट टाढा गइन् । फिल्म क्षेत्रबाट विदा लिएर सबैभन्दा पहिले उनले १९९४ मा तेलगुदेशम दलमा प्रवेश गरिन् । तर दलका नेता चन्द्रबाबु नायडुसँग मतभेद बढेपछि उनी समाजवादी पार्टीमा आइन् र २००४ माउनले रामपुरबाट चुनाव पनि जितिन् । २०१४ मा उनले लोकसभा चुनाव जितिन् ।९० को दशककी चर्चित अभिनेत्री नगमा कंग्रेस दलकी नेत्री हुन् । उनले राजनीतिमा २००६ मा कदम राखेकी हुन् । उनले २००९ मा कंग्रेसबाट टिकट पाएर लोकसभा चुनाव पनि लडेकी थिइन् । उनी २०१५ मा अखिल भारतीय महिला कंग्रेसकी महासचिव पनि बनिन् ।
हालको मोदी सरकारको क्याबिनेट मन्त्री रहेकी स्मृति इरानी कुनै समयकी टेलिभिजन अभिनेत्री हुन् । टेलिभिजनको चर्चित सिरिज क्याकि सास भी कभि बहू थिमा देखा परेकी स्मृतिले २००३ मा भाजपाको सदस्याता लिएकी थिइन् । उनी २०११ मा राज्यसभा सदस्य पनि बनिन् । उनी वर्ष २०१४ मा अमेठीबाट कंग्रेस अध्यक्ष राहूल गान्धीको विपक्षमा चुनावमा उत्रिन् तर उनले चुनावमा जित हासिल गर्न सकिनन् ।अभिनेत्री जया बच्चनले साल २००४ मा राजनीतिमा कदम राखिन् । उनी समाजवादी दलको तर्फबाट राज्यसभा सदस्य हुन् । यसवर्ष चौथो पटक राज्यसभा सदस्यको रुपमा चयन भएकी छिन् ।
दक्षिण फिल्मको सुपरहिट अभिनेत्री जय ललिता फिल्मबाट राजनीतिक करियरमा उत्रिनेहरुका लागि एउटा गतिलो उदाहरण हुन् । १४ वर्षदेखि फिल्म करियर सुरु गरेकी उनले राजनीतिमा पनि आफ्नो मिसाल कायम गरिन् । उनी तामिलनाडुमा पाँचपटकसम्म मूख्यमन्त्री बनिन् । उनको प्रभाव राज्यमा मात्र नभएर केन्द्र सरकारमा पनि थियो । उनको एक भोटको कारणले केन्द्रमा बाजपेयी सरकार भंग भएको थियो ।
December 18, 2018 11:33 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग