Friday 19th December 2025

मुन्द्रेको कमेडी क्लबमा हाँस्य कलाकार तथा समाजसेवा धुर्मुस-सुन्तली

7 years अगाडी

काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेको सोमबार राति ९ बजे प्रसारण भइरहेको छ।

दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्दे की आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् ।

कार्यक्रमको एपिसोड ७ मा चर्चित हाँस्य कलाकार जोडी तथा समाजसेवी सिताराम बटुल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अतिथिको रूपमा आएका छन् । यी दुईसँग निकै रमाइलो कुराकानी भएको छ मुन्द्ेको कमेडी क्लबका टिमसँग भने उनीहरूको आफ्नो जीवनशैली साथै घरपरिवारलाई समय कसरी दिइरहेका छन् भन्ने कुरा पनि बताएका छन् ।

          December 18, 2018 1:27 pm | चलचित्र,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...