

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन संघर्षरत श्रीलंका

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन श्रीलंका संघर्षरत रहेको छ । न्यूजिल्याण्डले पहिलो पारीमा ५७८ रन बनाएको थियो ।त्यसपछि पहिलो पारिमा २८२ रन बनाउँदै अल आउट भएपछि फ्लोअनमा परेको श्रीलंकाले दोस्रो पारि सुरु गरेको थियो । तेस्रो दिन व्याटिङ सुरु गरेको श्रीलंकाले चौथो दिनको खेल सकिँदा ३ विकेट गुमाएर २५९ रन बनाएको छ ।
१३ रन बनाउँदा ३ विकेट गुमाएको श्रीलंकाले चौथो दिनको खेलमा भने विकेट बचाउन सफल भयो । अझै श्रीलंकालाई न्यूजील्याण्डले पहिलो पारिमा बनाएको रन बराबरी गर्न ३७ रनको आवश्यकता छ भने उसका ७ विकेट सुरक्षित रहेका छन् ।
चौथो दिनको खेलमा श्रीलंकाका दुुवैजना व्याट्सम्यानले शतक प्रहार गरे । एन्जेलो म्याथ्यूज ११७ तथा कुसल मेन्डिस ११६ रनमा नट आउट रहेका छन् । उनीहरुलेनै भोलि पाँचौ दिनको खेल सुरु गर्ने छन् । भोलि दिनभर श्रीलंकाले व्याटिङ गरेमा पहिलो टेस्ट ‘ड्र’ हुने छ । तर श्रीलंकालाई अल आउट गर्न सकेमा न्यूजील्याण्डलाई जित्ने अवसर पनि उत्तिकै रहने छ ।
December 18, 2018 2:03 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

