मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको साथबाट लागूऔषध भेटियो
7 years अगाडी
Susma Dhakal
दाङ । मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको साथमा लागूऔषध फेला परेको छ । राप्ती पोलिक्लिनिक भालुबाङ्गमा उपचार गराइरहेका घाइते व्यक्तिको साथबाट लागूऔषध फेला परेको हो ।
सोमबार राति राप्ती गाउँपालिका वडा नं २ मा भालुवाङ्गबाट प्यूठान जाँदै गरेको रा १ प ८८७६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको पिकअप भ्यानले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक प्यूठान नगरपालिका वडा नं २ विजयनगर निवासी २४ वर्षीय ललितजंग विष्टको साथबाट दुई पत्ता ३० ट्याब्लेट नाइट्रोजेपाम नाम गरेको लागूऔषध फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।
राप्ती पोलिक्लिनिकमा उपचार पश्चात् मोटरसाइकल चालक विष्टसहित मोटरसाइकलमा सवार प्यूठान नगरपालिका वडा नं। ३ चितिखोला निवासी २२ वर्षीय किरण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
December 18, 2018 3:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...