Friday 22nd August 2025

कृष्ण जन्माष्टमी यो बर्ष दुई दिन मनाईदै : यो संयोगमा यसरी गर्नुहोस् पुजा बन्नुहुनेछ मालामाल !

7 years अगाडी

आउने आइतबार अद्भुत क्षमताका धनी भगवान श्रीकृष्णको जन्मदिन मनाइदैंछ । असोज महिनाको दुई गते अष्टमी तिथीका अवसरमा भगवान कृष्ण जन्माअष्टमी पर्व मनाउने गरिएको छ । यस दिनलाई हिन्दुहरुले विशेष दिनको रुपमा पुजा गर्ने गर्छन । श्रीकृष्ण जन्माअष्टमीका दिन विश्वभर रहेको सम्पुर्ण हिन्दु मन्दीरहरुमा कृष्ण भक्तहरुको भिड हुने गर्छ । भगवान कृष्णलाई चन्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवानको रुपमा पुजा अर्चना गर्ने गरिएको छ ।भगवान कृष्णले सानो हुँदा ठेकीमा भएको दही चोरेर खाएको प्रशंग पनि एकदमैं रमाइलो छ । उनी बाँसुरी बजाउँनमा पनि उत्तिकैं पोख्त थिँए भन्ने धार्मिक विश्वास रहँदैं आएको छ । यि र यस्ता धेरै कुराहरु शास्त्रमा उल्लेख गरिएको छ । उनको जन्मदिनको अवसरमा भक्तहरुले उनलाई शुभकामना दिन्छन र आफुलाई पनि कृष्ण जस्तैं बनाइदिन भनेर आर्शिवाद पनि माग्ने गर्छन ।

यो वर्षको कृष्ण जन्मअष्टमी पर्व गएको वर्षहरुको भन्दा फरक हुनेछ । किनभने यो वर्ष भगवान श्रीकृष्णको जन्मदिन एकदिन मात्रैं होईन दुईदिनसम्म पनि मनाउँन सकिने भएको छ । किनभने अहिलेको अष्टमी पर्व आइतबार बेलुका ४ः५६ मा सुरु भएर अर्को दिन अर्थात सोमबार दिउसो ३ः१६ मा सकिदैंछ यसरी यो वर्ष भगवान कृष्णको जन्मदिन दुई दिनसम्म मनाउन सकिने भएको छ ।

यो संयोग धेरै वर्ष पछि जुरेको ज्योतिषहरुले बताएका छन । भगवान कृष्णको जन्म भाद्रपदको अष्टमी तिथीमा रातीको बाह्र बजे भएको थियो । त्यस दिन रोहिनी नक्ष्नत्र रहेको थियो भने वृष लगन रहेको थियो । अच्चमको कुरा के भने अहिले जुन योग बनिरहेको छ यो असोज तर त्यस दिन असोज १७ गतेका दिन अष्टमी थिएन ।

उपासनाको लागि आवश्यक सामग्री : भगवानको मूर्तिको स्नान गर्नको लागि तामाको थाली र लोटा आवश्यक पर्ने हुन्छ । पानीको कलश, दूध र भगवान कृष्णको लागि लुगा र आभुषण अर्थात गरगहना पनि हुनुपर्दछ। यसरी श्रीकृष्ण भगवानको स्नान पछि तपाईले, चामल, दिप, तेल, कपास, धूप, फूल,अष्टगंन्ध, तुलसीको पातहरू, तिलको बीउ र जौं चाहिन्छ ।

प्रसादमा के दिनुपर्छ : नौंनीको मिश्री,धनियाँ,पैजरी जस्तो प्रसाद भगवान कृष्णलाई एकदमैं मनपर्छ । यो सबैं कुराहरु तपाईले भगवानलाई चढाउनुपर्छ । यो बाहेक तपाईले भगवान कृष्णलाई मौसमी फलहरु पनि अर्पित गर्न सक्नुहुन्छ । यसबाट पनि भगवान तपाईसँग प्रशन्न हुने कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ ।

यसरी गर्नुहोस उपासना : तपाईलाई यो जानकारी हुनुपर्छ कि सबैभन्दा पहिलो भगवान गणेशको पूजा गरिन्छ । भगवान गणेशलाई स्नान गराउनुहोस, त्यसपछि लुगा लगाउनुहोस्। अनी सुगन्ध, फुल, दीप, अक्षता अर्थात चामलले पुजा गर्नुहोस । गणेश जी पछि,अब कृष्ण को उपासना गर्नुहोस । पहिलो, पानीले स्नान गराउनुहोस यस पछि फेरि पनि पञ्चामृत जलदेखि स्नान गराउनुहोस ।

यसपछि, भगवानलाई कपडा र गहना लगाएर सजाउनुहोस । यति गरिसके पछि भगवान श्रीकृष्णलाई फुलको माला बनाएर लगाउँनुहोस । अब “ऊँ नमो भगवते वासुदेवाय नमः’’ मन्त्रको उच्चारण गर्दै अष्टगन्धको टीका लगाउँनुहोस । धूप र दीप चढाउनुहोस्,घिउ वा तेलको साथ आरती गर्नुहोस,नैवेद चढाउनुहोस र भगवानलाई मिठाइ ख्वाउनुहोस ।

          December 19, 2018 10:51 am | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...