दीपिकाले बताइन् रिसेप्सनमा किन आएनन् पूर्व प्रेमी रणबीर कपुर
दीपिका पादुकोणले इटलीमा विवाहपछि डिसेम्बर १ तारिखमा बलिउडका साथीहरुका लागि मुम्बईमा रिसेप्सन दिएकी थिइन् । यसमा थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो तर दीपिकाका पूर्व प्रेमी रणबीर कपुर भने देखिएनन् । ब्रेकअपपछि पनि दुई राम्रा साथी हुन् । त्यसकारण रणबीर रिसेप्सनमा किन उपस्थित भएनन् भन्ने कुरा सबैको प्रश्न थियो ।
हालै, फेमोस्ली फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा दीपिकाले रिसेप्सनमा रणबीर नआउनुको कारणबारे जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो अहिलेसम्म कुरा भएको छैन । मेरो मतलब रिसेप्सनअघि हामीबीच कुरा भएको थियो तर पार्टीपछि कुरा हुन सकेको छैन । तर उनी रणबीर हुन् । त्यसकारण उनी पार्टीमा नआएका कारण चकित छैन ।’
दीपिका भन्छिन्, ‘हामीबीच यस्तै सम्बन्ध छ र यो सम्बन्धको यही नै राम्रो पक्ष हो जहाँ केही नभनिकनै धेरै कुरा थाहा पाइन्छ ।’दीपिका रणवीरको रिसेप्सनमा रणबीर कपुरबाहेक आलिया भट्ट पनि उपस्थित थिइनन् । स्रोतका अनुसार दुबै पार्टी भएको दिन फिल्म ब्रम्हास्त्रको सुटिङ गरिरहेका थिए । आजकाल रणबीर कपुर, आलिया भट्ट डेट गरिरहेका छन् । यसबारे आलियाका बुवा महेश भट्टले पुष्टि गरेका छन् ।
December 19, 2018 12:16 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी