दीपिकाले बताइन् रिसेप्सनमा किन आएनन् पूर्व प्रेमी रणबीर कपुर
दीपिका पादुकोणले इटलीमा विवाहपछि डिसेम्बर १ तारिखमा बलिउडका साथीहरुका लागि मुम्बईमा रिसेप्सन दिएकी थिइन् । यसमा थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो तर दीपिकाका पूर्व प्रेमी रणबीर कपुर भने देखिएनन् । ब्रेकअपपछि पनि दुई राम्रा साथी हुन् । त्यसकारण रणबीर रिसेप्सनमा किन उपस्थित भएनन् भन्ने कुरा सबैको प्रश्न थियो ।
हालै, फेमोस्ली फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा दीपिकाले रिसेप्सनमा रणबीर नआउनुको कारणबारे जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो अहिलेसम्म कुरा भएको छैन । मेरो मतलब रिसेप्सनअघि हामीबीच कुरा भएको थियो तर पार्टीपछि कुरा हुन सकेको छैन । तर उनी रणबीर हुन् । त्यसकारण उनी पार्टीमा नआएका कारण चकित छैन ।’
दीपिका भन्छिन्, ‘हामीबीच यस्तै सम्बन्ध छ र यो सम्बन्धको यही नै राम्रो पक्ष हो जहाँ केही नभनिकनै धेरै कुरा थाहा पाइन्छ ।’दीपिका रणवीरको रिसेप्सनमा रणबीर कपुरबाहेक आलिया भट्ट पनि उपस्थित थिइनन् । स्रोतका अनुसार दुबै पार्टी भएको दिन फिल्म ब्रम्हास्त्रको सुटिङ गरिरहेका थिए । आजकाल रणबीर कपुर, आलिया भट्ट डेट गरिरहेका छन् । यसबारे आलियाका बुवा महेश भट्टले पुष्टि गरेका छन् ।
December 19, 2018 12:16 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग