निर्मला प्रकरणः प्रदीप र विशालको डिएनए रिपोर्ट प्राप्त भएको छैन : एसपी कडायत
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण सम्पन्न भइसकेको प्रहरीले जनाएको छ ।तर के रिपोर्ट आएको छ भन्नेबारे भने प्रहरीले केही जानकारी गराएकाे छैन। कञ्चनपुरका एसपी कुवेर कडायतले प्रदीप र विशालको डिएनए रिपोर्ट आफूलाई प्राप्त नभएको बताए ।
रिपोर्ट प्राप्त भएपछि जिल्ला सरकारी वकिलको रोहबरमा खोजिने एसपी कडायतले बताए । ‘प्रदिपसहित तीन युवाको डिएनए रिपोर्ट खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परिक्षण गरेर बिहान कञ्चनपुर पठाइएको जानकारी आएको छ,’ उनले भने, ‘त्यस्तै नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालामा परिक्षण गरिएको डिएनए रिपोर्ट भने पठाइएको जानकारी पाएको छैन ।’ खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परीक्षण गरेर पठाइएको भनिएको उनीहरुको डिएनए रिपोर्ट आफूलाई आज दिउँसोसम्म प्राप्त हुनेसक्ने एसपी कडायतले बताए ।
December 19, 2018 12:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता