Thursday 19th March 2026

ट्र्याक्टर दुर्घटनामा युवकको मृत्यु

7 years अगाडी

लहान । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

मृतक यादवको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ । ट्र्याक्टरको चालक फरार रहेकाले खोजी भइरहेको छ ।

          December 19, 2018 1:16 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...