Thursday 19th March 2026

बसको ठक्करबाट एक वृद्धाको मृत्यु

7 years अगाडी

दमौली। डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नंको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो।

सडकछेउ हिँडिरहेको अवस्थामा बसले कँडेललाई ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेका कँडेललाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको थियो। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन्।

          December 20, 2018 10:29 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...