पोखराका विक्रमलाई जिताउन उनका सहपाठी सिडी विजयले गरे ५० हजार सहयोग, पोखरा पुगेरै मागे विक्रमलाई भोट !
दि भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीले ‘नेपाल आइडल’ का प्रतिस्पर्धी विक्रम बराललाई ५० हजार रुपैया सहयोग गर्दै भोटका लागि समेत आग्रह गरेका छन् । नेपाल आइडल दोस्रो संस्करणका अन्तिम प्रतिस्पर्धी बराल पोखराका बासीन्दा हुन् ।
‘दि भ्वाइस अफ नेपाल’ का विजेता अधिकारी पनि पोखराकै भएकाले आफ्नो जन्मथलोका प्रतिस्पर्धीलाई सहयोग गरेको उनको भनाई छ । उनले आफ्ना जन्मथलोका स्थानिय बराललाई भोट दिएर जिताउन समेत अफि गरेका छन् । उनी समर्थकलाई भोट गरि जिताउन आग्रह गर्न पोखरा नै पुगेका छन् । अधिकारीले नेपालको अर्को गायन रियालिटी शो‘नेपाल आईडल’का अन्तिम प्रतिस्पर्धी बराललाई जिताउ सहयोग गरेको बताएका छन्। उनले वराललाई भोट गर्ने प्रशंसकलाई समेत धन्यवाद दिएका छन् ।
अधिकारीले बुधबार बिक्रम बराल जिताउ अभियान समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएर भोट मागेका हुन्। उनीहरु पोखराका स्थानिय मात्र होइनन् दुवै जना एउटै विद्यालयका विद्यार्थी समेत हुन् । उनीहरुको संयोग त्यतिमै मात्र सिमित छैन संगीत पनि एकै ठाउँमा सिकेको बताए । उनले ति दिन सम्झदै बराल राम्रो प्रतिभा भएको बताए।नेपाल आइडलको फाइनल शुक्रबार हुदैंछ। फाइनल प्रतिस्पर्धा काठमाडौंको पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसको चौरमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा विक्रम बराल जिताउ अभियान समितिले सिडीलाई सम्मान गरेको छ।
December 20, 2018 10:52 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :