Thursday 19th March 2026

कोठामा आगोको कोइला राखेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस

7 years अगाडी

डडेल्धुरा । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय बालक विनोद भट्टको अत्यधिक गए राति मुत्यु भएको छ । उनकी आमा हीरा भट्ट बेहोस रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

जाडोका कारण कोठामा मक्कलमा आगोका कोइला राखेर ढोका थुनी सुतेका आमा छोरा आज बिहान निसास्सिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई उपक्षेत्रीय अस्पताल पु¥याइएका थिए । अस्पतालले छोरा विनोदको करीब छ घण्टा अगाडिनै मृत्यु भएको अनुमान गरिएकोे छ ।

मृतक भट्टका बुबा कामको सिलसिलामा विदेशमा रहेका छन् उनि डडेल्धुरा सदमुकाम नजिकै रहेको वैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ ।

अक्सिजन पर्याप्त रुपमा नपाउँदा निसास्सिएर १३ वर्षीय विनोद भट्टको मृत्यु भएको छ भने आमालाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रिफर गरिएको छ । अमरगढी नगरपालिका–५ डडेल्धुरा पेनेसिया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत हीरा भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

          December 20, 2018 4:50 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...