शाहरुखको ‘जीरो’लाई सुरुमै टक्कर, आजै आउँदैछ ‘बाहुबली’झैं भव्य फिल्म ‘केजीएफ’
मुम्बइ। शुक्रबार ठूलो पर्दामा दुई ठूलो बजेटका फिल्म आउँदैछन् । ठूला स्टारको र विशेष फिल्म भएकोले यी दुई फिल्मबीच कडा टक्कर हुने देखिएको छ । एकातिर आव शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफको फिल्म ‘जीरो’ रिलिज भएको छ, अर्कोतर्फ साउथका सुपरस्टार यशको फिल्म केजीएफ अर्थात कोलार गोल्ड फिल्डस पनि आजै रिलिज भएको छ ।
जीरोको टिमले फिल्मको प्रमोसनको लागि गर्न सक्ने सबैथोक गरेको छ । तर, यसका बावजुद केवजीएफले जीरोलाई निकै कडा टक्कर दिने निश्चित छ । टिकट बुकिङ साइट बुकमाइशो डटकममा यी दुई फिल्मले पाएको लाइक हेर्दा यी फिल्मको बक्स अफिसमा कडा टक्कर हुने देखिएको छ । बुकमाइशोमा जीरोले २ लाख ६० हजार लाइक पाउँदा केजीएफको लाइक ३ लाख ५० हजार नाघिसकेको छ । यसबाट कन्नड फिल्म केजीएफ जीरोमाथि भारी पर्न सक्न्े अुमान गर्न सकिन्छ ।
खास कुरा त के भने केजीएफ ठूलो बजेटको फिल्म हो र यो बाहुबलीजस्तै भव्य भएको बताइएको छ । यो फिल्म एकैसाथ तमिल, तेलुगु, मलायालम र हिन्दी भाषामा रिलिज भएको छ । यसको हिन्दी संस्करणले जीरोको व्यापारमा ठूलो धक्का दिने निश्चित छ केजीएफ कर्नाटकामा मात्र ४०० स्क्रिनमा रिलिज हुँदैछ । भारतभरी १५०० भन्दा बढी स्क्रिनमा रिलिज हुने यो फिल्मले ठूलो व्यापार गनर्ने निश्चित छ । फिल्मले बाहुबलीको झल्को दिने यसकारण पनि भनिएको छ कि यो फिल्म बहुबलीजस्तै दुई भागमा आउँदैछ । आज केजीएफ च्याप्टर १ रिलिज भएको हो । यसको च्याप्टर २ को रिलिज मिति तोकिएको छैन ।
December 21, 2018 10:19 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी