शाहरुखको ‘जीरो’लाई सुरुमै टक्कर, आजै आउँदैछ ‘बाहुबली’झैं भव्य फिल्म ‘केजीएफ’
मुम्बइ। शुक्रबार ठूलो पर्दामा दुई ठूलो बजेटका फिल्म आउँदैछन् । ठूला स्टारको र विशेष फिल्म भएकोले यी दुई फिल्मबीच कडा टक्कर हुने देखिएको छ । एकातिर आव शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफको फिल्म ‘जीरो’ रिलिज भएको छ, अर्कोतर्फ साउथका सुपरस्टार यशको फिल्म केजीएफ अर्थात कोलार गोल्ड फिल्डस पनि आजै रिलिज भएको छ ।
जीरोको टिमले फिल्मको प्रमोसनको लागि गर्न सक्ने सबैथोक गरेको छ । तर, यसका बावजुद केवजीएफले जीरोलाई निकै कडा टक्कर दिने निश्चित छ । टिकट बुकिङ साइट बुकमाइशो डटकममा यी दुई फिल्मले पाएको लाइक हेर्दा यी फिल्मको बक्स अफिसमा कडा टक्कर हुने देखिएको छ । बुकमाइशोमा जीरोले २ लाख ६० हजार लाइक पाउँदा केजीएफको लाइक ३ लाख ५० हजार नाघिसकेको छ । यसबाट कन्नड फिल्म केजीएफ जीरोमाथि भारी पर्न सक्न्े अुमान गर्न सकिन्छ ।
खास कुरा त के भने केजीएफ ठूलो बजेटको फिल्म हो र यो बाहुबलीजस्तै भव्य भएको बताइएको छ । यो फिल्म एकैसाथ तमिल, तेलुगु, मलायालम र हिन्दी भाषामा रिलिज भएको छ । यसको हिन्दी संस्करणले जीरोको व्यापारमा ठूलो धक्का दिने निश्चित छ केजीएफ कर्नाटकामा मात्र ४०० स्क्रिनमा रिलिज हुँदैछ । भारतभरी १५०० भन्दा बढी स्क्रिनमा रिलिज हुने यो फिल्मले ठूलो व्यापार गनर्ने निश्चित छ । फिल्मले बाहुबलीको झल्को दिने यसकारण पनि भनिएको छ कि यो फिल्म बहुबलीजस्तै दुई भागमा आउँदैछ । आज केजीएफ च्याप्टर १ रिलिज भएको हो । यसको च्याप्टर २ को रिलिज मिति तोकिएको छैन ।
December 21, 2018 10:19 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग