‘सबैथोक गुमाएँ, बदलामा के पाएँ ?’प्रेमीसंग बिछोड भएपछि टुटेकी चर्चित गायिका नेहाले रुँदै भनिन्,
काठमाण्डौ – वलिउडकी उदीयमान एवम् चर्चित गायिका नेहा कक्कड यतिबेला व्यक्तिगत जीवनसँग जोडिएको घटनाका कारण चर्चामा छिन् । वलिउडका उदीयमान अभिनेता हिमान्स कोहलीसँगको प्रेम–सम्बन्ध टुटेपछि नेहा चर्चाको पात्र बन्न पुगेकी हुन् । विगत केही वर्षदेखि हिमान्ससँग प्रेम सम्बन्धमा रहेकी नेहाको हालै ब्रेकअप भएको हो ।
३० वर्षीया नेहाले आफूभन्दा एक वर्र्ष कान्छो उमेरका हिमान्ससँग डेटिङ गर्दै आएकी थिइन् । उनीहरूको सम्बन्ध पनि निकै राम्रो थियो । पछिल्लोपटक हिमान्सले इन्डियन आइडलमा आएर नेहालाई खुल्ला तवरले प्रेमको प्रस्ताव पनि राखेका थिए । यसपछि उनीहरूको सम्बन्ध अझै सुमधुर बन्दै गएको थियो । दुवैले आफूहरूबीचका रोमान्टिक फोटोहरू इन्स्टाग्राममा राखेका थिए तर, एकाएक उनीहरूको ब्रेकअप भएपछि दुवैले इन्स्टाग्राममा राखेका फोटोहरू हटाएका छन् । त्यस्तै सोसल मिडिया एकाउन्टमा नेहाले हिमान्सलाई ‘अनफलो’ गरेकी छन् ।
हिमान्ससँग प्रेमसम्बन्ध टुटेपछि निकै आहत बनेकी नेहाले सोसल मिडियामा अहिले आफ्नो टुटेको दिलबारे वर्णन गर्दै भनेकी छिन्, ‘मैले आफ्नो सबैथोक दिएँ, बदलामा मलाई के मिल्यो ? मलाई थाहा छैन यो संसारमा यस्ता नराम्रो मान्छे पनि हुँदा रहेछन् । अहिले सबैथोक गुुमाएर होसमा आएर पो के भो ? म एक सेलेब्रिटी हुँ, मैले यस्तो लेख्न नमिल्ने हो, तर म सेलेब्रिटीका अलावा एक मानव हुँ, त्यसैले पनि आफ्नैबारे यस्तो लेख्न बाध्य भएँ ।’
‘अहिले मैले आफूलाई निकै कमजोर भएको महसुस गरेकी छु, आफ्नो फिलिङलाई कन्ट्रोल नै गर्न सकेको छैन । मलाई थाहा छ, यसबारे सबैले विभिन्न कुरा गर्नेछन्, तर मलाई थाहा छैन उनीहरूले कस्तो कुरा गर्नेछन्,’ दुःखी हँुदै नेहाले भनेकी छिन्, ‘मलाई थाहा छ, सेलेब्रिटीको दुईवटा अनुहार हुन्छ, एउटा व्यक्तिगत अर्को व्यावसायिक । यतिबेला मेरो व्यक्तिगत लाइफ खराब चलिरहे पनि व्यावसायिक लाइफमा मुस्कुराउनुपरेको छ ।’
स्मरणीय छ, सन् २०१४ मा ‘यारिया’ फिल्मको सुटिङको क्रममा हिमान्स र नेहाको भेट भएको थियो । यही फिल्मबाट हिमान्सले बलिउडमा डेब्यु गरेका थिए । यो फिल्ममा नेहाले ‘सनी–सनी’ भन्ने बोलको गीत गाएकी थिइन् । यही फिल्मको सेटबाट हिमान्स र नेहाको दोस्ती भएको थियो । यो दोस्तीमा ६ महिना पहिले ठूलो झगडा भए पनि पछि हिमान्सले आफ्नो गल्तीलाई स्वीकार गर्दै नेहासँग माफी मागेपछि पुनः सम्बन्ध गाँसिएको थियो ।
त्यसपछि हिमान्सले हाल सोनी टीभीमा सञ्चालन भइरहेको इन्डियन आइडलको सेटमा आएर नेहालाई प्रपोजसमेत गरेका थिए । यसपछि उनीहरूको विवाह हुने चर्चासमेत चलेको थियो । नेहा हाल इन्डियल आइडलको जजको रूपमा कार्यरत छिन् ।
December 21, 2018 10:34 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :