Sunday 20th July 2025

पल्सर सहिद स्मारक ए डिभिजन लिग: थ्रिस्टारलाई जित्नै पर्ने दबाब

7 years अगाडी

काठमाडौँ, ७ पुस । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछन् । थ्री स्टारलाई आज च्यासल युथ क्लबले कडा टक्कर दिने अनुमान गरिएको छ ।

त्यस्तै च्यासलविरुद्वको खेल महत्वपुर्ण जित हात पार्न थ्रिस्टारलाई आवश्यक रहेको छ । उपाधि होडमा रहिरहन पनि थ्रिस्टारलाई जितको आवश्यकता रहेको छ।

विभागीय टिम आर्मीसंग बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको थ्री स्टार यसपटक भने कुनै गल्ती गर्न चाहँदैन ।थ्री स्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडि छ । मनाङको २७ अंक रहेको छ ।

अर्को खेलमा संकटाले ब्रिगेड ब्वाईजसंग प्रतिस्पर्धा गर्नेछ ।संकटा २४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ब्रिगेड ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।

          December 22, 2018 10:37 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...