शाहरुखको जिरोले करोड कमायो पहिलो दिन
एजेन्सी। बलिउडका किंग खान शाहरुख खानको फिल्म जिरो शुक्रबार रिलिज भएको छ । यो फिल्म दर्शकले निकै प्रतिक्षा गरेको मध्ये एक फिल्म हो । यो फिल्मबाट शाहरुखले निकै अपेक्षा पनि गरेका छन् । निर्देशक आनन्द एल रायले दर्शकहरुसँग शाहरुखको सम्बन्ध सुधार गर्ने वाचा पनि गरेका थिए ।
तर, यो फिल्मको समक्षिा भने मिश्रित भएको छ । दर्शकले कति मन पराउँछन् त्यो भने हेर्न बाँकी छ । पहिलो दिनको हल बुकिंगअनुसार यो फिल्म १५ करोड बाट ओपनिंग शुरुआत गरेको छ । यद्यपी शाहरुखले अपेक्षा गरेअनुसारको ओपनिंग भने यो होइन ।
उनलाई साउथको फिल्म केजीएफले कडा टक्कर दिने अनुमान गरिएको छ । साउथको केजीएफ पनि शुक्रबार विभिन्न ५ भाषामा प्रदर्शनमा आएको छ । उता शाहरुखले आगामी २५ डिसेम्बरका दिन क्रिसमसका दिन यो फिल्ले राम्रो कलेक्शन गर्ने अपेक्षा गरेका छन् ।
शाहरुखको यसअघिको फिल्म जब ह्यारी मेट सेजले पनि पहिलो दिन १५.१५ करोड कलेक्शन गरेको थियो । अब शाहरुखको जिरोले आफ्नै फिल्म जब ह्यारी मेट सेजललाई पछार्न सक्छकी सक्दैन भन्ने प्रश्न उब्जिएको छ । यो फिल्ममा शाहरुखसँगै अनुष्का शर्मा र कटरीना क्याफसमेतको महत्वपूर्ण भूमिका रहेको छ ।
December 22, 2018 10:47 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी