को हुन् रवि ओड ? जसले दोस्रो नेपाल आइडलको उपाधि हात पारे
सुदूरपश्चिमको कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ सालमा तेस्रो सन्तानका रुपमा जन्मिएका हुन् रवि ओड ।गरिब परिवारमा जन्मिएका रविलाई आफ्नो सांगितिक यात्रा अघि बढाउन निकै गाह्रो भयो । रवि बाजेको प्रेरणाले सांगितिक क्षेत्रमा अघि बढेका हुन् ।
रविका बुवा बर्षौँदेखि भारतमा काम गरिरहनु भएको छ । रवि पनि केही वर्ष पैसा कमाउन भारत गएका थिए । तर, उनको मनले नमाने पछि उनी स्वदेश फर्किए । आफ्नो सपनालाई पूरा गर्ने कोसिसमा लागिरहे । यही क्रममा उनी नेपाल आइडलमा सहभागी बन्न पुगे ।
धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश पाएका थिए। स्थानीय स्तरदेखि नेपाल आइडलसम्मको यात्रा : नेपाल आईडलमा जानुपूर्व पनि स्थानीय ठाउँमा विविन्न महोत्सवमा उनी सहभागी हुन्थे । संगीतमा विषेश रुची थियो उनको । गीत गुनगुनाइरहन्थे । रविले भने ‘नेपाल आइडल त मेरो लागि मीठो सपना मात्रै थियो, तर साथीभाइ र परिवारको सपोर्टपछि आइडलमा सहभागी हुन पुगेँ
उनी अहिले दोस्रो नेपाल आइडल बनेका छन् । गरिब परिवारमा हुर्केका रविलाई जिताउन देश विदेशका समर्थकहरुले रवि ओड जिताऔँ अभियान नै सञ्चलान गरेका थिए । देउडा गीतका साथै हरेक विधाका गीतमा पोख्त रविले हरेक पाइलामा आफूलाई उत्कृष्ट बनाउँदै लगेका छन् ।
‘हिलोमा फूलेको कमल’ : रविलाई धेरैले हिलोमा ‘फूलेको कमल’को संज्ञा दिएका छन् । उनले कहिल्यै संगीत सिक्ने अवसर पाएनन् । सुदूरपश्चिमको त्यो झुपडी नै उहाँको पाठशाला थियो । घर खर्च चलाउनकै लागि उनी २०७० सालको चुनावमा उनी म्यादी प्रहरीमा पनि भर्ना भएका थिए ।
‘सानो छँदा मैले गुनगुनाएको सुन्दा आमाले भन्नुहुन्थ्यो, ‘तिमी एकदिन ठूलो कलाकार बन्नेछौ ।’ रविले निराश हुँदै भने ‘तर अहिले मेरो यो सफलता हेर्नका लागि मलाई जन्मदिने आमा यो संसारमा हुनुहुन्न । कान्छि आमाले पनि मलाई धेरै सपोर्ट गर्नुभएको छ ।’
दोस्रो नेपाल आइडल : शुक्रबार ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पसको मैदानमा आइडल घोषणा भएपछि रविले खुसिका आँसु झार्दै भने ‘यो मेरो मात्रै जित होइन, सबै नेपालीको जित हो । मेरा फ्यानहरुको मेहनत, साथ र सहयोगको नतिजा हो यो ।’
नेपाल आइडल बनेपछि उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘देश विदेशबाट हजुरहरुले म प्रति देखाउनु भएको माया, साथ र सहयोगको लागि म भित्री मनदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र न्यानो सम्झना छ ।
’उनले आफ्ना समर्थकहरुलाई भगवानको दर्जा दिँदै लेखेका छन् ‘हजुरहरुको यो माया अनि सपोर्ट कहिले भुल्ने छैन । हजुरहरु नै हो मेरो लागि भगवान नेपाल आइडलको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रवि आइडल बनेका हुन् । प्रतियोगीताको फष्र्ट रनर अप पोखराका विक्रम बराल, सेकेण्ड रनर अप झापाका सुमित पाठक र झापाकै अस्मिता अधिकारी चौथो भएका थिए ।
December 22, 2018 7:33 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग