दुम्सीलाई थापेको पासोमा चितुवा परेपछि
गुल्मी – छत्रकोट गाउँपालिका १ हुँगामा दुम्सीलाई थापेको पासोमा चितुवा फेला परेको छ । गाउँमा दुम्सीले निकै सताएपछि गएको बिहीबार राति स्थानीयले दुम्सीलाई तर्साउनका लागि पासो थापेको र त्यही पासोमा चितुवा परेको बताइएको छ । शुक्रबार बिहान थापेको पासो हेर्न जाँदा चितुवा पासोमा अल्झिएको देखेपछि स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय गुल्मीमा खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले घटनाको बारेमा जानकारी पाए लगत्तै डिभिजन वन कार्यालय तम्घासलाई जानकारी गराएपछि डिभिजन वन कार्यालय गुल्मीले चितुवालाई सकुशल उद्दार गरी शनिबार बिहान तम्घास ल्याएको छ । चितुवालाई उद्दार गर्नको लागि गुल्मीका डिभिजन वन कार्यालयका प्रमुख रविन्द्र महर्जनले चितवन राष्ट्रिय प्रमुख
संरक्षण अधिकृतलाई खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता अध्ययन केन्द्रले उद्दारको लागि पशु चिकित्सक पुरुषोत्तम पाण्डेको नेतृत्वमा वन्यजन्तु उद्धार एम्बुलेन्समार्फत बन्दोबस्ती सामानसहित चार जनाको टोली शुक्रबार राति गुल्मी आएको थियो ।
चितुवाको उद्धारका लागि चितवनदेखि आएको टोलीसहित डिभिजन वन कार्यालका अधिकृत पुष्पराज श्रेष्ठ, नासु नवीनकुमार पन्थी, प्रहरीलगायतको टोली शुक्रबार राति नै घटना स्थलमा पुगेर आवश्यक प्रकृया पूरा गरेर चितुवालाई शनिबार बिहान सदरमुकाम तम्घासमा रहेको डिभिजन वन कार्यालयमा ल्याएका थिए ।
रातो पाटे रङको अन्दाजी ६० किलो बरावरको पोथी प्रजातिको चितुवा पासोमा परेपछि उम्कन खोज्दा तारमा अल्झीएर खुट्टामा चोट लागेको छ । चितुवाको उपचारका लागि शनिबार अपरान्ह चितवन राष्ट्रिय निकुञ्ज सौराहामा पठाउने तयारी गरिएको डिभिजन प्रमुख रविन्द्र महर्जनले बताउनु भएको छ ।
December 22, 2018 7:43 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग