साउदी अरबका जनसमुदाय तथा पिएनसिसि बिच छलफल तथा अन्तरक्रिया ।
साउदि अरब-प्रवासी समन्वय समिती (PNCC ) काठमाडौं नेपालले हिजो २१ डिसेम्बर, २०१८ का दिन साउदी अरबमा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साउदी अरबको दम्माम स्थित रोश रेस्टुरेन्टमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली राजदुतावास रियादका स्थानीय कर्मचारी हरी घिमिरे, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मानार्थ सदस्य राजु सैयद, मध्यपुर्व महिला उप-संयोजक यास्मिन बेगम, FEMWWC मध्यपुर्व सह-संयोजक एवम् आइसिसि सदस्य जोन अर्याल, राष्ट्रिय समन्वय परिषद् साउदि अरबका अध्यक्ष नारायण पासवान लगायत साउदी अरबमा कृयाशिल विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि तथा नेपाली जनसमुदायको बाक्लो उपस्थिति रहेको थियोे ।
बिरेन्द्र कुमार चौधरिद्वारा संचालित कार्यक्रमलाइ पिएनसिसिका अध्यक्ष कुल प्रसाद कार्कीले कार्यक्रमको उदेश्य, संस्थागत गतिविधि सहित सम्बोधन गरेका थिए । त्यसैगरि सल्लाहकार तारा भन्डारीले शुभयात्रा एनरोइड मोबाइल अप्लिकेसन (shuvayatra) mobile Android app) को प्रयोग, उपयोगीता सहितका जानकारी गराएका थिए भने सहभागीहरुले अप्लिकेसनको थप विकासका र प्रभावकारिताबारे आ-आफ्नो राय, सल्लाह र सुझाव दिएका थिए ।
कार्यक्रमको अन्तमा PNCC द्वारा संचालन गरिएको थानेश्वर भूषाल बचाउ अभियानका सहयोगीदाताहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो । सल्लाहकार तारा भन्डारीका अनुुसार दम्ममाको अलावा साउदि अरबको रियाद, अलकासिम, जेद्धा लगायत विभिन्न शहरहरु पनि थप कार्यक्रम तय गरिएको छ ।
कार्यक्रमलाई डिसि नेपाल अनलाइन र एनए मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए ।
सहयोगी शुक्र मोक्तानका साथ तेज थापा, साउदि अरब ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की