साउदी अरबका जनसमुदाय तथा पिएनसिसि बिच छलफल तथा अन्तरक्रिया ।
साउदि अरब-प्रवासी समन्वय समिती (PNCC ) काठमाडौं नेपालले हिजो २१ डिसेम्बर, २०१८ का दिन साउदी अरबमा एक बिशेष कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साउदी अरबको दम्माम स्थित रोश रेस्टुरेन्टमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली राजदुतावास रियादका स्थानीय कर्मचारी हरी घिमिरे, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मानार्थ सदस्य राजु सैयद, मध्यपुर्व महिला उप-संयोजक यास्मिन बेगम, FEMWWC मध्यपुर्व सह-संयोजक एवम् आइसिसि सदस्य जोन अर्याल, राष्ट्रिय समन्वय परिषद् साउदि अरबका अध्यक्ष नारायण पासवान लगायत साउदी अरबमा कृयाशिल विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि तथा नेपाली जनसमुदायको बाक्लो उपस्थिति रहेको थियोे ।
बिरेन्द्र कुमार चौधरिद्वारा संचालित कार्यक्रमलाइ पिएनसिसिका अध्यक्ष कुल प्रसाद कार्कीले कार्यक्रमको उदेश्य, संस्थागत गतिविधि सहित सम्बोधन गरेका थिए । त्यसैगरि सल्लाहकार तारा भन्डारीले शुभयात्रा एनरोइड मोबाइल अप्लिकेसन (shuvayatra) mobile Android app) को प्रयोग, उपयोगीता सहितका जानकारी गराएका थिए भने सहभागीहरुले अप्लिकेसनको थप विकासका र प्रभावकारिताबारे आ-आफ्नो राय, सल्लाह र सुझाव दिएका थिए ।
कार्यक्रमको अन्तमा PNCC द्वारा संचालन गरिएको थानेश्वर भूषाल बचाउ अभियानका सहयोगीदाताहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो । सल्लाहकार तारा भन्डारीका अनुुसार दम्ममाको अलावा साउदि अरबको रियाद, अलकासिम, जेद्धा लगायत विभिन्न शहरहरु पनि थप कार्यक्रम तय गरिएको छ ।
कार्यक्रमलाई डिसि नेपाल अनलाइन र एनए मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए ।
सहयोगी शुक्र मोक्तानका साथ तेज थापा, साउदि अरब ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन