हनिमुन मनाउन पाएनन् दीपिका–रणवीरले
7 years अगाडी
Susma Dhakal
मुम्बई : बलिउडको हट जोडी रणवीर सिंह र दीपिका पादुकोण पछिल्लो समय आफ्नो विवाहलाई लिएर मिडियामा धेरै चर्चामा आए। उनीहरूले इटालीमा विवाह गरेपछि भारतमा रिसेप्सन आयोजना गरेका थिए। दीपिकाले विवाहको एक महिना पूरा भएपछि हनिमुनबारे बोलेकी छन्।
दीपिकाले भनिन्, ‘तत्काल हनिमुनको कुनै योजना छैन। हामी अहिले फिल्म रिलिजतिर नै आफ्नो ध्यान केन्द्रित गरिरहेका छौं।’ फिल्म सिम्बाको ट्रेलरबारे जानकारी दिँदै दीपिकाले भनिन्, ‘यो फिल्म ब्लकबस्टर साबित हुन्छ। म अहिले रणवीरको यही फिल्ममाथि केन्द्रित छु। यसको रिलिजपछि हनिमुन र जन्मदिनबारे सोचौंला।’
दीपिका–रणवीरको विवाहपछिको सेलिब्रेसन डिसेम्बरसम्म चल्यो तर टाइट वर्क सेड्युलका कारण उनीहरू हनिमुन जान सकेका छैनन्। फिल्म सिम्बाको निर्देशन रोहित सेट्टीले गरेका छन्। फिल्म २८ डिसेम्बरमा रिलिज हुँदैछ। एजेन्सी
December 23, 2018 9:57 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...