Friday 19th December 2025

बलिउडका यी चर्चित ९ अभिनेत्रीहरु जसले अर्काको श्रीमानसँग विवाह गरे !

7 years अगाडी

काठमाण्डौ  । विहेको सिजन भएर होला पछिल्लो समय बलिउडका थुप्रै स्टारहरु विवाह बन्धनमा बाधिए । भर्खरै विवाह गरे अभिनेता राणविर सिंह, दिपिका पादुकोण, प्रियंका चोपडको विवाहको चर्चा सञ्चार माध्यमा अझै ताजैै छ । तर बलिउडका कोही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले विवाहित पुरुषसँग विवाह गरे । हेरौँ को को हुन् जसले विवाहित पुरुषलाई जीवनसाथी बनाए ।

१.रानी मुखर्जी : बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जी भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन् । रानी मुखर्जी समाज सेवामा पनि निकै सकिय रहने नायिका हुन् । रानी मुखर्जीले आदित्य चोपडासँग विवाह गरिन् । आदित्य पहिले नै विवाहि थिए ।

२.करिस्मा कपूर :करिश्मा कपूर भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेत्री हुन् । चर्चित अभिनेत्री करिश्मा कपूरले सञ्जय दत्तसँग विवाह गरेकी थिइन् । जब सञ्जय विवाहित नै थिए । तर अहिले भने सञ्जय र करिस्माको सम्बन्ध विच्छेद भइसकेको छ भने सञ्जयले अर्को विवाह गरिसकेका छन् ।

३.श्रीदेवी : स्वर्गिय अभिनेत्री श्रीदेवीका पति बोनी कपूर पनि विवाहित हुन् । उनको श्रीदेवीसँग विवाह गर्नु अगाडी दुई सन्तान भइसकेका थिए । श्रीदेवीले बाल कलाकारको रुपमा फिल्मी यात्रा सुरु गरेकी थिइन् । उनले दक्षिण भारतिय फिल्म हुँदै बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्म उद्योगमा उनले पाँच दशकको यात्रा तय गरिन् ।

४.रविना टंडन : एक जमानामा बलिउडकी चल्तापुर्जा नायिकामा पर्थिन् रवीना टन्डन । बिहे गरेपछि भने उनी सेलाइन् । ९० को दशकमा रवीनाकहाँ फिल्मको अफर लिएर पुग्ने निर्माता-निर्देशकको ताँती हुन्थ्यो । ‘मस्त मस्त गर्ल’ भनेर चिनिने उनी रोमान्टिक भूमिकामा खुब खुल्थिन् ।

सेड्यूल मिलाउन नसकेर उनले थुप्र्रै ठूला ब्यानरमा फिल्म पनि छोडेकी छन् । नताशाको पूर्वपति अनिल थडानीसँग रबिनाले विवाह गरेकी हुन् ।

५.विद्या बालन : बलिउडकी चर्चित अभिनेत्री विद्या बालन भारतीय चलचित्र क्षेत्रकी एक बहुप्रसिद्ध अभिनेत्री हुन्। विद्या बालनले विवाहित पुरुषसँग विवाह गरेकी हुन् । जब विद्याले सिदार्थसँग विवाह गरिन् त्यतिबेला सिदार्थले दुई विवाह गरिसकेका थिए ।

६.हेमा मालिनी :हेमा मालिनी भारतीय चलचित्र क्षेत्रकी एक बहुप्रसिद्ध चलचित्र अभिनेत्री तथा चलचित्र निर्माता हुन्। हेमा मालिनीको पती धमेन्द्र पनि विवाहित पुरुष हुन् । उनले हेमासँग विवाह गर्नु भन्दा अगाडी नै प्रकाश कौरसँग विवाह गरेका थिए ।

७.करिना कपूर :करीना कपूर खान भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन् । करीनाले सन् २००० बाट बलिउड चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । करिनाले विवाहित पुरुष सैफ अलि खानसँग विवाह गरेकी हुन् ।

८.शिल्पा शेट्टी : बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेत्री हुन्। शिल्पाले कविताको पूर्वपति राज कन्द्रासँग विवाह गरेकी हुन् ।

९.लारा दत्त : मिस युनिर्भस समेत बेनकी बलिउड अभिनेत्री लारा दत्तले विवाहित टेनिस खेलाडी महेश भूपतिसँग विवाह गरेकी हुन् । जो पहिले नै विवाहित थिए ।

          December 24, 2018 11:17 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...