Wednesday 18th March 2026

प्रधानाध्यापककाे सरुवा गरेपछि वीरगञ्जको घण्टाघर तनावग्रस्त

7 years अगाडी

वीरगञ्ज। आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध साेमबार बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ। महानगरपालिकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा सुखचैना माविमा गरेपछि विद्यार्थीले आइतबारदेखि नै प्रमुख सरावगीविरुद्ध नाराबाजी गर्दै आएका छन्।

प्रअ मेहताले शैक्षिक अवस्था तहसनहस पारेको, शिक्षालाई अङ्ग्रेजी माध्यम बनाएर अभिभावकसँग चर्को शुल्क असुल्दै आएको, विद्यालयलाई राजनीतिक अखडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धीकरण अभियानअन्तर्गत प्रअ मेहताको सरुवा गरिएको महानगरपालिका प्रमुख सरावगीले बताए। उनले भने, “विद्यार्थीलाई उच्चालेर राजनीतिक गर्न खोज्ने प्रअ मेहतालाई कानूनी कारवाही हुनुपर्छ।”

महानगरपालिकाले लामो समयसम्म एउटै विद्यालयमा बसेर शैक्षिक अवस्था बिगारेको र विद्यालयलाई कमाइ खाने माध्यम बनाएकाले प्रअ मेहताको सरुवालाई अभिभावकले स्वागतयोग्य मानेको बताएको छ। तर विद्यार्थीले आज बिहानैदेखि नारा जुलुस गर्न थालेपछि घण्टाघर क्षेत्रमा सवारी आगमन ठप्प पारेका छन। सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले कुनै अप्रिय घटना भने घटेको छैन। विद्यार्थीहरू आन्दोनमा उत्रिएपछि उनीहरूको पठनपाठनमा प्रतिकूल असर परेको छ।

          December 24, 2018 12:09 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...