यी १० जनाले यो वर्ष गरे बलिउडमा शानदार डेब्यू
एजेन्सी । २०१८ सकिँदै छ । यो वर्ष बलिउडमा धेरै कुरा नयाँ भयो । बलिउडले यो वर्ष नयाँ अनुहार दिएको छ, जसले हिन्दी फिल्मको सम्भावना बढाइदिएको छ ।डेब्यू गर्ने मध्ये केही स्टार किड्स हुनुको फाइदा भयो भने केही आफ्नो मेहनतको दममा यहाँसम्म पुगे । यो वर्ष बलिउड डेब्यू गर्ने १० कलाकारबारे जानकारी दिँदै छौं ।
पर फिल्म अभिनेता सैफ अली खान र अमृता सिंहकी २३ वर्षीया छोरी साराको पहिलो फिल्म केदारनाथ हो । यो फिल्म यही डिसेम्बरमा रिलिज भयो । साराको अपोजिटमा यो फिल्ममा शुसान्त सिंह राजपुत देखिएका छन् । यस्तै यो वर्ष बलिउडले दिएकी अर्की अभिनेत्री हुन् । बनिता । उनी विगत ११ वर्षदेखि टिभी सीरियलमा काम गरिरहेकी थिइन् । उनको फिल्म अक्टूबर यो वर्ष रिलिज भयो । यो फिल्ममा बनिताको अपोजिटमा बरुण धवन थिए ।
यस्तै यसै वर्ष दिवंगत अभिनेत्री श्रीदेवी र बोनी कपूरकी छोरी जाह्नवीले २० जून २०१८ मा रिलीज भएको फिल्म धडकबाट बलिउड यात्रा शुरु गरेकी छन् । यस फिल्ममा उनको अपोजिटमा इसान खट्टर थिए । यसै फिल्मबाट अभिनेता ईशान खट्टरले पनि बलिउडमा कदम राखका छन् । यो फिल्म करण जौहरले बनाएका थिए । खट्टर शाहिद कपूरका सौतेला भाई हुन् ।
स्टार प्लसको शो मुझसे कुछ कहती ये खामोशियाँ बाट एक्टिंगको संसारमा कदम राखेकी मृणालले १४ सेप्टेम्बरमा रिलिज भएको पिल्म लव सोनियाबाट बलिउड डेब्यू गरेकी छन् । यसै वर्ष ७ सेप्टेम्बरमा फिल्म लैला मजनूं रिलिज भएको थियो । साजिद अलीको निर्देशनमा बनेको यो फिल्मबाट अभिनाश तिवारीले बलिउड यात्रा शुरु गरेका छन् । उनले यो फिल्ममा दमदार भूमिका निभाउनका साथै जीवन्त अभिनय गरेका छन् ।
मेरी आशिकी तुम से है नामको टिभी शोबाट कलाक्षेत्रमा आएकी राधिकाको पहिलो फिल्म पटाखा हो । यो फिल्म यसै वर्ष रिलिज भएको छ । २८ जुलाई १९८२ मा केरलमा जन्मेका दुलकरले २०१२ मा आएको सेकण्ड शो नामको फिल्मबाट मलयालम फिल्म डेब्यू गरेका थिए । मलायालम तथा तमिल फिल्म उद्योगमा ५ बिताएपछि उनले फिल्म कारवाँबाट बलिउड डेब्यू गरेका छन् ।
बंगाली परिवारसँग सम्बन्ध राख्ने मौनी रोयले पनि यसै वर्ष अक्षयकुमारसँगको फिल्म गोलडबाट बलिउडमा डेब्यू गरेकी छ् । यद्यपी उनि यसअघि टिभी सीरिलका कारण स्टार बनिसकेकी थिइन् । जोधपुरमा जन्मेका सुमित व्यासका बाबु एक लेखक हुन् सुमितले २००९ मा दूरदर्शनको धारावाहिकहरु र शर्ट मुभिजमा काम गरेका छन् । यही वर्ष जुलाईमा रिलिज भएको वीरे दी वेडिंग उनको पहिलो बलिउड फिल्म हो ।
December 24, 2018 1:43 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी