यी १० जनाले यो वर्ष गरे बलिउडमा शानदार डेब्यू
एजेन्सी । २०१८ सकिँदै छ । यो वर्ष बलिउडमा धेरै कुरा नयाँ भयो । बलिउडले यो वर्ष नयाँ अनुहार दिएको छ, जसले हिन्दी फिल्मको सम्भावना बढाइदिएको छ ।डेब्यू गर्ने मध्ये केही स्टार किड्स हुनुको फाइदा भयो भने केही आफ्नो मेहनतको दममा यहाँसम्म पुगे । यो वर्ष बलिउड डेब्यू गर्ने १० कलाकारबारे जानकारी दिँदै छौं ।
पर फिल्म अभिनेता सैफ अली खान र अमृता सिंहकी २३ वर्षीया छोरी साराको पहिलो फिल्म केदारनाथ हो । यो फिल्म यही डिसेम्बरमा रिलिज भयो । साराको अपोजिटमा यो फिल्ममा शुसान्त सिंह राजपुत देखिएका छन् । यस्तै यो वर्ष बलिउडले दिएकी अर्की अभिनेत्री हुन् । बनिता । उनी विगत ११ वर्षदेखि टिभी सीरियलमा काम गरिरहेकी थिइन् । उनको फिल्म अक्टूबर यो वर्ष रिलिज भयो । यो फिल्ममा बनिताको अपोजिटमा बरुण धवन थिए ।
यस्तै यसै वर्ष दिवंगत अभिनेत्री श्रीदेवी र बोनी कपूरकी छोरी जाह्नवीले २० जून २०१८ मा रिलीज भएको फिल्म धडकबाट बलिउड यात्रा शुरु गरेकी छन् । यस फिल्ममा उनको अपोजिटमा इसान खट्टर थिए । यसै फिल्मबाट अभिनेता ईशान खट्टरले पनि बलिउडमा कदम राखका छन् । यो फिल्म करण जौहरले बनाएका थिए । खट्टर शाहिद कपूरका सौतेला भाई हुन् ।
स्टार प्लसको शो मुझसे कुछ कहती ये खामोशियाँ बाट एक्टिंगको संसारमा कदम राखेकी मृणालले १४ सेप्टेम्बरमा रिलिज भएको पिल्म लव सोनियाबाट बलिउड डेब्यू गरेकी छन् । यसै वर्ष ७ सेप्टेम्बरमा फिल्म लैला मजनूं रिलिज भएको थियो । साजिद अलीको निर्देशनमा बनेको यो फिल्मबाट अभिनाश तिवारीले बलिउड यात्रा शुरु गरेका छन् । उनले यो फिल्ममा दमदार भूमिका निभाउनका साथै जीवन्त अभिनय गरेका छन् ।
मेरी आशिकी तुम से है नामको टिभी शोबाट कलाक्षेत्रमा आएकी राधिकाको पहिलो फिल्म पटाखा हो । यो फिल्म यसै वर्ष रिलिज भएको छ । २८ जुलाई १९८२ मा केरलमा जन्मेका दुलकरले २०१२ मा आएको सेकण्ड शो नामको फिल्मबाट मलयालम फिल्म डेब्यू गरेका थिए । मलायालम तथा तमिल फिल्म उद्योगमा ५ बिताएपछि उनले फिल्म कारवाँबाट बलिउड डेब्यू गरेका छन् ।
बंगाली परिवारसँग सम्बन्ध राख्ने मौनी रोयले पनि यसै वर्ष अक्षयकुमारसँगको फिल्म गोलडबाट बलिउडमा डेब्यू गरेकी छ् । यद्यपी उनि यसअघि टिभी सीरिलका कारण स्टार बनिसकेकी थिइन् । जोधपुरमा जन्मेका सुमित व्यासका बाबु एक लेखक हुन् सुमितले २००९ मा दूरदर्शनको धारावाहिकहरु र शर्ट मुभिजमा काम गरेका छन् । यही वर्ष जुलाईमा रिलिज भएको वीरे दी वेडिंग उनको पहिलो बलिउड फिल्म हो ।
December 24, 2018 1:43 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग