Wednesday 18th March 2026

वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता

7 years अगाडी

काठमाडौँ, १० पुस । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता गरेको भेटिएको छ ।निगम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्राप्त कागजातअनुसार आफूसँग विमान भएको प्रमाणबिनै एएआर कर्पोरेसनसँग खरिद सम्झौता भएको देखिएको हो ।

‘निगमले सार्वजनिक गरेको आशयपत्रमा आधारित भएर प्रस्ताव पेस गर्ने कम्पनीले कुनै न कुनै रूपमा आफूसँग विमान भएको सुनिश्चित गर्नुपर्ने हुन्छ । तर त्यस्तो कुनै प्रमाणबिनै प्रस्ताव पेस गरेको एएआर कर्पोरेसन छनोट भएको देखिन्छ,’ विमान खरिदको कानुनी प्रक्रियाबारे अध्ययन गरेको सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोतले भन्यो, ‘विमानको स्वामित्व भएको अथवा स्वामित्व पाउने सुनिश्चितता गर्न नसकेको कम्पनीलाई छनोट गर्नै मिल्दैनथ्यो । एएआरले पेस गरेको प्रस्ताव हेर्दा ऊसँग विमानको सुनिश्चितता गर्ने कागजात देखिएन ।’

          December 25, 2018 12:04 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...