Friday 6th March 2026

बोल्ड फोटोले भरिएको छ अश्वामीको इन्स्टाग्राम, अब सलमानकाे आँखा पर्याे

7 years अगाडी

एजेन्सी। ‘दबंग’ सीरिजको तेस्रो फिल्ममा सलमान खान र सोनाक्षी सिन्हाको नाम पहिला नै तय भइसकेको छ। यो फिल्ममा अरु स्टारडिक पनि सहभागी हुने भएका छन्। भारतीय संचारमाध्यममा अनुसार सलमान खानले आफ्ना साथी महेश मंजरेकरकी छोरीलाई दबंग–३ मा लञ्च गर्दैछन्। सलमान र महेश राम्रो साथी हुन्।

सलमान सधैं आफ्नो फिल्ममा नयाँ अनुहारलाई प्राथमिकता दिन्छन्। यही कारण उनले नयाँ फिल्ममा महेशकी छोरीलाई मौका दिने निर्णय गरेका हुन्। यद्यपी यसको आधिकारिक पुष्टि भने भएको छैन्।

भारतीय संचारमाध्यमका अनुसार महेश मांजरेकर स्वयं यो कुराको पष्टि गर्दै भनेका छन्–सलमान चाँडै मेरी छोरी अश्वामीलाई आफ्नो फिल्ममा ब्रेक दिँदैछन्।’ सलमानले २०१० मा फिल्म ‘दबंग’ मार्फत सोनाक्षीलाई ब्रेक दिएका थिए। त्यसअघि उनले स्नेहा उल्लाल, कैटरिना कैफ, जरीन खान, डेजी शाह, आर्थिया शेट्टी र सुजर पंचोलीलाई ब्रेक दिएका थिए।

अश्वामी महेशकी पहिली पत्नीकी छोरी हुन्। अश्वामीका एक जना भाइ पनि छन्। जसको नाम सत्या हो। महेशले दोस्रो विवाह मेधा मांजरेकरसँग गरेका हुन्। उनकी एक छोरी छन्। अश्वामीको जन्म २९ अगस्ट, १९८८ मा भएको हो। उनी सामाजिक संजालमा निकै सक्रिय छन्,।

          December 25, 2018 12:16 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...