फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी पूरा
पोखरा । पोखरा सडक महोत्सवको २० औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। रेस्टुराँ एण्ड बार एशोशियसन नेपाल ९रेवान० पोखराद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। फेवाताल किनारामा रेवानले सो महोत्सव गर्दै आएको छ। रेवान पोखराका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुधराज भुजेल (भीमसेन) ले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
पोखरा सडक महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिचान जस्तै बनिसकेको बताउँदै उनले लेकसाइडको तीन किमी क्षेत्रलाई समेटेर ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गते ९डिसेम्बर २८ देखि जनवरी १० सम्म महोत्सव गर्न लागिएको बताए।उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारआदिको स्वाद लिनुका साथै विभिन्न प्रस्तुति गरिनेछ।
महोत्वसका क्रममा रु एक करोड ५० लाख आम्दानी एवं रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै अध्यक्ष भुजेलले बचत रकम सामाजिक सेवा, पर्यटकीय विकासलगायतका क्षेत्रमा खर्च गरिने बताए।
पर्यटकलाई लक्षित गरी प्रभावकारी सुरक्षाका लागि २४ वटा नाइटभिजन सिसी क्यामरा र सडक लाइटको व्यवस्थाका साथै पोखरामा रात्रिकालीन बस सेवासमेत उपलब्ध गराइने उक्त अवसरमा जानकारी दिइयो।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं गोर्खा ब्रुअरी प्रालि, नेपाल डिष्टिलरी प्रालि र जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रालिको मुख्य प्रायोजनमा महोत्सव हुन लागेको आयोजकले जनाएको छ।
December 27, 2018 10:17 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग