पारखीलाई खुशीको खबर : बिएमडब्लूको नेपालमा आयो बुलेटभन्दा सस्तोमा यस्तो मोटरसाइकल !
जर्मन गाडी तथा मोटरसाइकल उत्पादक कम्पनी बिएमडब्लू मोटोराडले भारतीय बजारलाई लक्षित गर्दै टीभीएस मोटरसँगको सहकार्यमा मोटरसाइकल उत्पादन थालेको छ । भारतमा उत्पादित उक्त मोटरसाइकल नेपाली बजारमा आउने निश्चित भएको छ । बिएमडब्लू जी–३१० जीएसमा ३१३ सीसीको इन्जिन छ ।
सिंगल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएचपी पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । जी–३१० जीएसको अधिकतम स्पीड १ सय ४३ किलोमिटर प्रतिघन्टा रहेको छ । भारतमा उत्पादित बिएमडब्लूका मोटरसाइकल टर्बो मोटरले नेपाली बजारमा ल्याउने तय भएको हो ।
बिएमडब्लूका मोटरसाइकल नेपाल ल्याउन ठूला व्यावसायिक घराना लागिपरेका थिए । तर, सबैलाई पछि पार्दै पञ्चकन्या समूह अन्तर्गतको टर्बो मोटरले बिएमडब्लूका मोटरसाइकल नेपाली बजारमा ल्याउने पक्का भएको हो । सुरुमा कम्पनीले भारतमा उत्पादन र बिक्री हुँदै आएको जी ३१० जीएस र जी ३१० आर दुई मोडल ल्याउने जनाएको छ ।
December 27, 2018 10:38 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :