पारखीलाई खुशीको खबर : बिएमडब्लूको नेपालमा आयो बुलेटभन्दा सस्तोमा यस्तो मोटरसाइकल !
जर्मन गाडी तथा मोटरसाइकल उत्पादक कम्पनी बिएमडब्लू मोटोराडले भारतीय बजारलाई लक्षित गर्दै टीभीएस मोटरसँगको सहकार्यमा मोटरसाइकल उत्पादन थालेको छ । भारतमा उत्पादित उक्त मोटरसाइकल नेपाली बजारमा आउने निश्चित भएको छ । बिएमडब्लू जी–३१० जीएसमा ३१३ सीसीको इन्जिन छ ।
सिंगल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएचपी पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । जी–३१० जीएसको अधिकतम स्पीड १ सय ४३ किलोमिटर प्रतिघन्टा रहेको छ । भारतमा उत्पादित बिएमडब्लूका मोटरसाइकल टर्बो मोटरले नेपाली बजारमा ल्याउने तय भएको हो ।
बिएमडब्लूका मोटरसाइकल नेपाल ल्याउन ठूला व्यावसायिक घराना लागिपरेका थिए । तर, सबैलाई पछि पार्दै पञ्चकन्या समूह अन्तर्गतको टर्बो मोटरले बिएमडब्लूका मोटरसाइकल नेपाली बजारमा ल्याउने पक्का भएको हो । सुरुमा कम्पनीले भारतमा उत्पादन र बिक्री हुँदै आएको जी ३१० जीएस र जी ३१० आर दुई मोडल ल्याउने जनाएको छ ।
December 27, 2018 10:38 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग