इलामको सूर्योदय नगरपालिकामा हराइरहेका युवक मृत फेला
7 years अगाडी
Susma Dhakal
पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका– ५ समाल्बुङमा एक व्यक्ति मृत फेला परेका छन् । गत शनिबारदेखि हराइरहेका ४१ वर्षीय केशबहादुर राई मानव बस्तीभन्दा १०० मिटर पर बारीको कान्लामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
अत्यधिक मादक पदार्थ सेवन गर्ने राई अरुको घरमा काम गर्दै गुजारा गर्ने गरेका थिए । शनिबार घरबाट हराएपछि परिवारले खोजी गर्ने क्रममा बारीको कान्लामा किरा परेको अवस्थामा शव फेला पारेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। मृतक राईको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।
December 27, 2018 10:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...