Friday 6th March 2026

कपिलको रिसेप्शनका कैटरिनासँग क्रिसमस मनाउँदै सुनील

7 years अगाडी

एजेन्सी। सोमबार राति कमेडियन कपिल शर्माको मुम्बईको होटल जे. डब्ल्यू म्यारियटमा विवाहको रिसेप्शन थियो। उक्त रिसेप्शनको एउटा भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा कपिल आफ्नो केक कटिङ सेरेनमीमा दीपवीरको हाटबाट कटाएको देखिएको छ। कपिल–गिन्नीसले बेग्लै प्रकारले रणवीर–दीपिकाको विवाहको आफ्नो रिसेप्शनमा सेलिब्रेसन गरेका थिए।

कपिलको रिसेप्शनमा उनका को–स्टार सुनील ग्रोवर भने गएनन्। भारतीय संचारमाध्यमका अनुसार सुनीलले रिसेप्शनमा आउने वचन पनि दिएका थिए। तर उनी आएनन्। कपिलको विवाहमा पनि सुनिल आएनन्।

अझ रमाइलो त के भने कपिलको रिसप्शेनमा सुनील कैटरिना कैफको क्रिसमस पार्टीमा पुगेका थिए। यो घटनापछि सुलील र कपिलबीचको सम्बन्धमा सुधार आइनसकेको अनुमान लगाएको छ। आफूमाथि भएको दुव्र्यवहार सुनीलले भुल्न नसकेका पनि हुन सक्ने संचारमाध्यमले उल्लेख गरेका छन्।

यद्यपी सुनीलले कपिललाई विवाहको शुभकामना दिएका छन्। दुवै बीच एक वर्षदेखि निकै दूरी बढेको छ। सुनीलको शो –कानपुर वाले खुरानाज’ टेलिभिजनमा आइसकेको छ भने कपिलको शो यही हप्ता आउँदैछ।

कपिलको रिसेप्शनमा धेर्मेन्द्र, रेखा, जितेन्द्र, रवीना टण्डन, कृति सेनन, करन जौहर, अनिल कपुर, तुषार कपुर, सोहेल खान, सलीम खान, कार्तिक आर्यन, हरभजन सिंह, चंकी पाण्डेलगायतका कालकार उपस्थित भएका थिए।

          December 27, 2018 10:54 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...