खुकुरी आक्रमण गर्ने बिरुद्ध मुद्दा दायर
काभ्रेपलाञ्चोक । सामान्य विवादका क्रममा खुकुरी र रडले आक्रमण गर्ने तेमाल गाउँपालिका–६ ठूलोपर्सेलका तीन विरुद्ध ज्यान मार्ने उद्योगमा धुलिखेल जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरिएको छ।
मङ्गलबार साँझ उक्त गाउँपालिका–६ होटलडाँडास्थित बसपार्कमा सामान्य विवादका क्रममा स्थानीय ५० वर्षका रकम तामाङ, २३ वर्षका फन्जु तामाङ र १७ वर्षका पाल्देन तामाङले सोही वडाको कुनीटोलका २७ वर्षीय विकास तामाङ, मोक्तानटोलका २५ वर्षीय पाल्साङ तामाङ र २७ वर्षका अनिल लामालाई खुकुरी र फलामे रड प्रहार गरी घाइते बनाएका थिए।
घटनामा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेका पाल्साङ तामाङको धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि बुधबार काठमाडौँस्थित न्यूरो अस्पताल सिफारिश गरिएको स्थानीयवासी समिप त्रिपाठीले जानकारी दिए। उनका अनुसार अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
केही दिनअघि स्थानीय विद्यालयमा भएको झगडाबारे कुरा भइरहँदा रकम, फुन्जु र पाल्देनसहितले उनीहरूलाई खुकुरी र रड प्रहार गरेको घाइते जाहेरवाला विकास तामाङले बताए।
उनले घटनामा आफ्नो एक तोलाको सुनको सिक्री, आधा तोलाको सुनको औँठी तथा एउटा मोबाइल सेट हराएको बताए। प्रहरीले खकुरी र रड बरामद गरी आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको जनाएको छ। रासस
December 27, 2018 12:47 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग