Wednesday 18th March 2026

बर्दी लगाएको प्रहरीले हात फैलाएको सह्य हुँदैन – खनाल

7 years अगाडी

बाँके । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको बर्दी लगाएर हात फैलाएको सह्य नहुने बताउनुभएको छ ।महानिरीक्षक खनालले अनुचित प्रभावमा नपर्ने विशेष निर्देशन दिँदै, कसैको कुनै पनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार विभिन्न प्रहरी यूनिटका इन्चार्जहरुलाई निर्देशन दिँदै महानिरीक्षक खनालले प्रहरी साँच्चिकै प्रहरी जस्तो देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला तथा बालबालिकाविरुद्धका घटनामा प्रहरी अझ कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीको सीआईबीका डीआईजी निरज शाहीसहित पुग्नुभएका महानिरीक्षक खनाललाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिनुभएको थियो ।

निर्मला हत्याकाण्डको विषयमा थप जानकारी लिने उद्देश्यले कञ्चनपुर जाने क्रममा महानिरीक्षक खनाल मंगलबार साँझ नेपालगञ्ज पुग्नुभएको हो ।

          December 27, 2018 2:56 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...