यी हुन् बलिउडमा सर्वाधिक फ्लप साबित भएका मुस्लिम अभिनेत्री, बोल्ड सिन दिदाँ पनि चम्किएन किस्मत
काठमाडौँ । फिल्म जगतमा अभिनेत्रीहरुका यात्रा सामान्यतया: धेरै लामो हुने गर्दैन। तर केही यस्ता अभिनेत्रीहरु पनि छन् जसले बलिउडमा लामो समयसम्म आफ्नो प्रभुत्व कायम गरे। तर आजकल बलिउडमा हरेक फिल्ममा अभिनेत्रीहरुका नयाँ-नयाँ अनुहार देख्न सकिन्छ।
यस्तो अवस्थामा कुनै पनि अभिनेत्रीलाई फिल्मी उद्योगमा लामो यात्रा गर्न मुश्किल हुन्छ । आज हामी हिन्दी सिने जगतका यस्तै तीन मुस्लिम अभिनेत्रीहरुका बारेमा चर्चा गर्न गईरहेका छौँ जो फिल्मी क्षेत्रमा लामो समय सम्म टिक्न सकेनन् र फ्लप साबित भए।
जरीन खान : बलिउडमा ९ फिल्महरुमा काम गरिसकेकी अभिनेत्री जरीन खानको एक पनि फिल्मले बक्स अफिसमा धमाका मच्चाउन सकेको छैन। जरीनले सन् २०१० मा रिलिज भएको फिल्म ‘वीर’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी हुन्। फिल्म ‘वीर’ मा उनीसँग दबंग खान सलमान खान मुख्य भूमिकामा थिए।
जरीनले आफ्नो आठ वर्षको फिल्मी यात्रामा फिल्म ‘रेड्डी’, ‘हाउसफूल २’, डिओय: डेथ अफ अमर, हेट स्टोरी-३, वीरप्पन, वजह तुम हो, अक्सर २ र १९२१ मा काम गरेकी छिन्। जरीनले पञ्जाबी फिल्म ‘जट्ट जेम्स बोन्ड’ मा पनि काम गरिसकेकी छिन्। यति मात्र नभई जरीन सन् २०१३ मा प्रदर्शनमा आएको तमिल फिल्म ‘नान राजावागा पोगिरेन’ मा पनि देखिएकी थिईन।
सोहा अली खान : चलचित्र अभिनेता सैफ अली खानकी बहिनी सोहा अली खानले बलिउडमा त्यस्तो खास कमाल गर्न सकिनन् र अभिनेता कुनाल खेमूसँग विवाह गरी घर-गृहस्थीमा व्यस्तभएकी छिन् । सोहाले सन् २००४ मा आएको फिल्म ‘दिल मांगे मोर’ बाट फिल्मी दुनियाँमा कदम राखेकी थिईन। सोहाले आफ्नो १३ वर्षको फिल्मी करियरमा लगभग २३ फिल्महरुमा गरिसकेकी छिन्। जस मध्ये अधिकांश फिल्म बक्स अफिसमा फ्लप साबित भएका छन्। सोहाले दुई बंगाली फिल्महरुमा काम गरिसकेकी छिन् तर त्यहाँ पनि उनको किस्मत चम्कन सकेन।
सना खान : सना खान एक बलिउड अभिनेत्री, मोडेल र डान्सर हुन् र उनले थुप्रै फिल्महरुमा अभिनय गरिसकेकी छिन् तर लगातार फिल्म फ्लप भएको कारण उनको फिल्मी करियरले आशातित उचाई छुन सकेन। उनले सन् २००५ मा रिलिज भएको फिल्म ‘यह है हाई सोसाइटी’ बाट बलिउडमा कदम राखेकी थिईन। उनी अन्तिम पटक सन् २०१६ मा सार्वजनिक भएको फिल्म ‘वजह तुम हो’ मा अत्यन्तै बोल्ड अन्दाजमा देखा परेकी थिईन। तर उनको यो फिल्म पनि बक्स अफिसमा फ्लप साबित भयो। (एजेन्सी)
December 30, 2018 10:06 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग