यो स्टारकिड्ससँग बलिउडमा डेब्यू गर्दैछिन् श्रीदेवीकी कान्छी छोरी खुशी
एजेन्सी, पुस । आफ्नो अभिनयको जादूबाट करोडौं मुटुहरुको धड्कन बनेकी बलिउडकी स्वर्गिय अभिनेत्री श्रीदेवीकी जेठी छोरीले यसैवर्ष फिल्म ‘धडक’ बाट बलिउडमा कदम राखिन् । दर्शकहरुले फिल्मलाई मन पनि पराए । अब यसैबीच श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले पनि बलिउडमा चाँडै डेब्यू गर्ने खबर आएका छन् । यसको खुलासा फिल्म निर्माता तथा निर्देशक करण जोहरले गरेका हुन् ।
भारतीय मिडियामा आइरहेको खबर अनुसार खुशी चाँडै नै कलाकार जावेद जाफरीका छोरा मिजानसँग बलिउडमा डेब्यू गर्ने छिन् । केही दिन अघि करण जोहर नेहा धुपियाको चर्चित शो ‘नो फिल्टर नेहा’ मा पाहुनाको रुपमा पुगेका थिए त्यस दौरान करणले २०१९ मा बलिउडमा डेब्यू गर्ने स्टारकिड्सहरुका बारेमा बताएका थिए ।
करणले आगामी वर्षमा श्रीदेवीकी कान्छी छोरी खुशी र जावेद जाफरीका छोरा मिजानले सिने क्षेत्रमा डेब्यू गर्नसक्ने सम्भावना रहेको बताए ।मिजान एक डान्सर र सम्भावित ठूला स्टार बन्नेसक्ने क्षमता भएको करणले बताए । त्यस्तै उनले खुशी एकदमै सुन्दरी र प्यारी भएको बताए ।
पछिल्लो स्टारकिड्सहरुको फिल्मी यात्रामाथि दृष्टिपात गर्ने हो भने अधिकांशहरुले करण जोहरको ब्यानर धर्मा प्रोडक्शनबाट नै करियर शुरु गरेका छन् । यद्यपी यी दुई २०१९ को कुन समयमा फिल्ममा प्रवेश गर्छन् भन्ने स्पष्ट भएको छैन ।
December 30, 2018 11:37 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग