आजबाट श्रम स्वीकृति प्रदेशबाटै, कुन प्रदेशमा कहाँ ?
काठमाडाैं, १५ पुस । आजबाट वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति जस्ता वैदेशिक रोजगारीका विभिन्न काम प्रदेश तहबाट गर्न पाउने भएका छन् । केहिदिन अघि बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरिसकेपछि अब ति सेवा सरकारले आजदेखि प्रदेशतहबाटै दिन लागेको हो ।
आजदेखि श्रम स्वीकृतिको प्रकृया व्यक्तिगत रूपमा र म्यानपावर कम्पनीका शाखाले पनि गर्ने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले बताए ।
प्रदेश तह र श्रम कार्यालयबाट सेवा दिने कार्यालयमा झापा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी रहेका छन् । सरकारले प्रदेशतहबाटै सेवा दिने निर्णय गरेर कार्यान्वनयनमा ल्याएपछि यसअघि वैदेशिक रोजगारीमा जानुअघि पुर्याउनुपर्ने प्रक्रियाका लागि राजधानी आउनुपर्ने बाध्यता हटेको छ
तर सबै प्रक्रिया राजधानी बाहिरबाट गरिहाल्न कठिन हुने भन्दै म्यान पावर व्यवसायीको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले भने आफूले गर्न नसक्ने जनाएको छ ।
December 30, 2018 12:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता