पशुपतिमा जापानिज गुरुको सन्देश– विश्व एक धर्ममा चल्छ
काठमाडौं, १५ पुस । विश्व शान्तिका लागि जापानिज गुरुले पशुपति नाथमा पुजा गरेका छन् । गुरु मञ्जु सत्यले एक धर्मले नै विश्व चलिरहेको मात्र होइन, सबै धर्म नेपाल र भारतबाटै विस्तार भएको पनि सन्देश दिएका छन् ।
नेपाल, भारतलगायत विश्वका अन्य देशमा पनि उनले शान्तिका लागि पुजा अर्चना गर्दै आएका छन् । जापानमा विस्तार भएको बौद्ध धर्मको थलो नेपाल नै भएको बताएका उनले अन्य धर्म सम्प्रदाय पनि हिन्दुबाटै विस्तार भएको बताए ।
सुख, शान्तिको कामना गर्दै उनले केही दिन अघि विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रख्यात तथा पवित्र धार्मिक स्थल पशुपतिनाथमा हिन्दू परम्परा अनुसार पुजा गरेका थिए । ‘सबै धर्म एकै हुन् । राम्रा कुरा ग्रहण गर्नुपर्छ । तर, त्यसलाई सद्भाव विगार्ने हिसाबले प्रस्तुत गर्न हुँदैन’, उनले भने ।
भगवानप्रतिको आस्थामा नेपाल धनी रहेको बताउँदै उनले त्यसलाई मास्न र विग्रन दिन नहुने पनि बताए । नेपालमा धर्म परिवर्त गर्ने होडबाजी जस्तै चलेको भन्दै उनले त्यो गलत भएको उनको भनाई छ ।
December 30, 2018 4:09 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग