बैतडीमा सामाजिक चेतना बढ्दाे: छोरीले दिइन् मृतक बाबुलाई दागबत्ती
7 years अगाडी
Susma Dhakal
बैतडी । बैतडीको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाकी एक महिलाले आफ्ना बाबुकाे मृत्यु हुदाँ आफैले दागबत्ती दिएकी छिन् । बैतडीको सिगास गाँउपालिका वडा नं–७, ओखडानका ७२ वर्षीय रघुवीर ऐरको मृत्यु हुँदा उनकी छोरी बेलमतीले मलामी गएरै बुवालाई दागबत्ती दिएकी हुन् । मृतक ऐर गाँउका मुखिया समेत रहेका हुनुहुन्थ्यो ।
महिलाले शवलाई छुनै नहुने सामाजिक परम्परा भए पनि बेलमतीले भने आफ्ना दाजुभाई कोही नभएकाले आफू नै सन्तानको रुपमा हुँदा मृतक बाबुलाई दागबत्ती दिएको बताइन् ।
मलामी गएका अन्य गाउँलेहरुले पनि मृतककी छोरीले दागबत्ती दिने इच्छा देखाउँदा उनको इच्छालाई नकार्न नसकेको स्थानीय वीरेन्द्र ऐरले बताउनुभयो । मृतक ऐरकी छोर ५घण्टा पैदल हिँडेर सिगास गाँउपालिकाको वडा नं–६ मौरिबगरमा रहेको सेती नदीको किनारमा बाबुको अन्तिम संस्कारमा सहभागी भएकी हुन् ।
December 30, 2018 4:45 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...