Sunday 21st December 2025

बैतडीमा सामाजिक चेतना बढ्दाे: छोरीले दिइन् मृतक बाबुलाई दागबत्ती

7 years अगाडी

बैतडी  ।  बैतडीको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाकी एक महिलाले आफ्ना बाबुकाे मृत्यु हुदाँ आफैले दागबत्ती दिएकी छिन्  । बैतडीको सिगास गाँउपालिका वडा नं–७, ओखडानका ७२ वर्षीय रघुवीर ऐरको मृत्यु हुँदा उनकी छोरी बेलमतीले मलामी गएरै बुवालाई दागबत्ती दिएकी हुन् । मृतक ऐर गाँउका मुखिया समेत रहेका हुनुहुन्थ्यो ।

महिलाले शवलाई छुनै नहुने सामाजिक परम्परा भए पनि बेलमतीले भने आफ्ना दाजुभाई कोही नभएकाले आफू नै सन्तानको रुपमा हुँदा मृतक बाबुलाई दागबत्ती दिएको बताइन् ।

मलामी गएका अन्य गाउँलेहरुले पनि मृतककी छोरीले दागबत्ती दिने इच्छा देखाउँदा उनको इच्छालाई नकार्न नसकेको स्थानीय वीरेन्द्र ऐरले बताउनुभयो ।  मृतक ऐरकी छोर ५घण्टा पैदल हिँडेर सिगास गाँउपालिकाको वडा नं–६ मौरिबगरमा रहेको सेती नदीको किनारमा बाबुको अन्तिम संस्कारमा सहभागी भएकी हुन् ।

          December 30, 2018 4:45 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...